महिलालाई आत्मनिर्भर बनाउन व्युटिसियन ट्रेनिङ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले देशको समृद्धिको यात्रामा महिला पनि सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ। गुण व्युटिसियन ट्रेनिङ सेन्टरको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा तीनकुने शाखाको उद्घाटन गर्दै उपमेयर खड्गीले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो।

खड्गीले घरको चुल्होमा मात्र सीमित नरहेर महिला पनि आफ्नै खुट्टामा उभिनुपर्नेमा जोड दिनुभयो। ्गुण ब्युटिसियन ट्रेनिङ सेन्टरका सञ्चालक गुणकेशरी ताम्राकारले महिलालाई आत्मनिर्भर बनाउनु नै आफ्नो प्रमुख उद्देश्य भएको बताउनुभयो।

गुण व्युटिसियन ट्रेनिङ सेन्टरले १०औं वार्षिकोत्सवको अवसर पारेर तीनुकने शाखाको शुरूवात गरेको हो। विगतमा ट्रेनिङ सेन्टरबाट हेयर कटिङ, व्युटिसियनको साथमा व्युटी प्रोडक्टको बारेमा समेत तालिम दिँदै आएको छ।