जापानले पुनः ह्वेल शिकार शुरू गर्ने


टोक्यो, (एजेन्सी)
जापानले पुनः ह्वेल माछाको व्यावसायिक शिकार शुरू गर्ने उद्देश्यले इन्टरनेसनल ≈वेलिङ कमिसन ९आईडब्ल्यूसी० बाट अलग्गिने योजना बनाएको जापानी सञ्चारमाध्यमले जनाएको छ। एनएचकेले सरकारले यसबारे विधायकहरूलाई जानकारी गराइसकेको जनाएको छ।

तर यस कदमबारे औपचारिक पुष्टि भने हुनै बाँकी रहेको छ। केही प्रजातिका ह्वेल झण्डै लोप हुने स्थितिमा पुगेपछि सन् १९८६ मा आईडब्ल्यूसीले ≈वेलको व्यावसायिक शिकारमा प्रतिबन्ध लगाएको थियो। धेरै वर्षसम्म जापानले ‘वैज्ञानिक अनुसन्धान’ को नाममा ≈वेलको शिकार गर्दै त्यसको मासुको बिक्री वितरण गरेको थियो।

वातावरण संरक्षणविद्हरूले सो कार्यक्रमको व्यापक विरोध गरेको थिए। जापान सरकारले पुनः ह्वेलको शिकारको थालनी गर्ने बहानास्वरूप केही प्रजातिका ≈वेलको संख्यामा निकै वृद्धि भएको बताउन सक्ने केही विशेषज्ञहरूको अनुमान रहेको छ। यद्यपी जापानले आफ्नै जलीय क्षेत्रमा मात्र ≈वेलको शिकार गर्ने योजना बनाइरहेको छ।

जापानमा सरकारी अधिकारीहरूले ह्वेलको मासु खानु आफ्नो संस्कृतिको एक हिस्सा भएको दाबी गर्ने गरेका छन्। जापानको मत्स्यपालन निकायका अधिकारी हिदेकी मोरोनुकीले जापानले पुनः ≈वेलको शिकार गर्न हरसम्भव विकल्प खोजिरहे पनि अझै कुनै औपचारिक निर्णय गरिनसकेको बीबीसीलाई बताएका छन्। अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जापानी औपचारिक समाचार निकाय क्यादोले आगामी साता यसबारे औपचारिक घोषणा हुन सक्ने बताएको छ।

गत सेप्टेम्बरमा टोक्योले व्यावसायिकरूपमा कोटा प्रणालीमा ≈वेल मार्नका लागि अघि सारेको प्रस्ताव आईडब्ल्यूसीले अस्वीकार गरेको थियो।