नेपाल समाचारपत्र, दैलेख
दैलेखको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगरपार्क निर्माण गर्ने भएको छ। नगरपालिकाको वडा नं। ६ को वत्काचौरमा नगर पार्क निर्माण गरिने भएको छ। हिन्दु राष्ट्रको सन्देश दिन यो पार्कको वत्काचौरमा भ्यु टावर राख्ने नगरपालिकाले तयार पारेको डिजाइनमा देख्न सकिन्छ।
पार्कलाई थप आकर्षक बनाउन भ्यु टावर निर्माण गरिने बताइएको छ। हाल भ्यु टावरका लागि डिजाइन तयार भइसकेको चामुण्डाविन्द्रासैनी नगरपालिका प्राविधिक प्रमुख प्रकाश विक्रम शाहीले जानकारी दिनुभयो। पार्कलाई सुरक्षित बनाउन घेराबार गर्ने काम दु्रत गतिमा भइरहेको प्राविधिक प्रमुख शाहीले बताउनुभयो।
नगर पार्कभित्र बन्ने संरचना नेपाली वास्तुकलामा आधारित हुनेछन्। चामुण्डाविन्द्रासैनी नगरपालिका–६ को बत्काचौरमा करिब १० हेक्टर जमिनलाई घेरबार गरी पार्क बन्न लागेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले बताउनुभयो।उक्त पार्कलाई विभिन्न संरचना निर्माण हुनेछन्। जसमध्य ‘भ्यु टावर’ ‘मनोरञ्जन क्षेत्र’ ‘संस्थागत क्षेत्र’ ‘धार्मिक क्षेत्र’ बनाइनेछ। यस क्षेत्रमा विभिन्न प्रजातिका फूल तथा बोटबिरुवाको बगैंचा, पिकनिक स्थलका साथै मृगस्थली पनि रहनेछन्।
यस क्षेत्रमा हालै जनसहयोगबाट निर्मित भगवती मन्दिर वरिपरि क्षेत्रको थप विकासको लागि सामुदायिक कार्यहरू सञ्चालन गरिनेछ। पार्कको थालनी गत आर्थिक वर्षबाट शुरू गरिएको छ। आर्थिक वर्ष २०७४÷०७५ मा करिब ९ सय मिटरमा घेरबार गर्ने काम सम्पन्न भएको छ। गत आर्थिक वर्ष घेरबारका लागि नगरपालिकाले ४० लाख बजेट विनियोजित गरेको थियो। चालू आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजित गरेर टेन्डर प्रक्रिया शुरू भएको नगरपालिकाले जनाएको छ।











प्रतिक्रिया