ललितपुर, (नेस)
विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ शुक्रबार राति गोली लागेर घाइते भएको घटनाका सम्बन्धमा छानविन गरी प्रतिवेदन पेस गर्न महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको नेतृत्वमा ५ सदस्यीय छानविन समिति शनिबार गठन गरिएको छ।
दोलखा बैतेश्वर गाउँपालिका–२ गैरीमुदी घर भएका २२ वर्षीय प्रहरी जवान श्रेष्ठ एकै गाउँको साथी रहेका उक्त प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङलाई भेट्न गएको अवस्थामा प्रहरी सहायक निरीक्षक तामाङले पेस्तोलबाट गोली अनलोड गर्ने क्रममा अकस्मात पड्कन गएको थियो। गोली पड्केर प्रहरी जवान श्रेष्ठको बायाँ गालामा गोली लाग्दा घाइते भएकाले तत्काल उपचारको लागि किस्ट अस्पताल ईमाडोल लगिएको र प्रारम्भिक उपचारपश्चात नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरी सहायक निरीक्षक तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सो परिसरले जनाएको छ।











प्रतिक्रिया