काठमाडौं, (नेस)
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले पेलेर अगाडि नबढ्न अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको छ। उहाFले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिनुभएको हो।
जारी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो। नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘नेता पनि मान्छे नै हुन्, मान्छेबाट गल्ती, कमीकमजोरी हुन्छ, आत्मप्रशंसा र आत्मनिन्दा दुवै गलत हुन्।’
उहाFले सचिवालय र विधानबारे देखिएको अस्पष्टता हटाउनुपर्ने, व्यक्तिलाई हेरेर नभई मापदण्डका आधारमा जिम्मेवारी दिनुपर्ने माग राख्नुभयो। सरकारको कामभन्दा कुरा धेरै भएको आरोप लगाउFदै प्रधानमन्त्रीको काम अनुगमन र निर्देशन दिने भएको भन्दै सबै कामलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्न नहुने धारणा राख्नुभएको थियो।
शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेपालसFगै झलनाथ खनाल, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल र गिरिराजमणि पोखरेलले आ–आफ्नो धारणा राख्नुभएको थियो।
सरकार र पार्टी सञ्चालनको प्रक्रियाप्रति असन्तुष्टि जनाउFदै वरिष्ठ नेता झलनाथ खनालले सरकारले राम्रो काम गर्न नसके आकार खुम्चन सक्ने बताउनुभयो।
बैठकमा महासचिव विष्णु पौडेलले लिखित सम्बोधन गर्दै सरकारको बचाउ गर्नुभएको छ। उहाFले सरकारको आलोचना गर्नु गलत हुने बताउFदै सरकारले राम्रो काम गरेको दाबीसमेत गर्नुभयो।
जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन्। बैठकमा ओली पक्ष र नेपाल पक्षका नेताबीच आरोप लगाउने र प्रतिवाद गर्ने शृंखला चल्दै आएको छ। प्रचण्ड पक्ष भने मौन देखिएको छ।
वरिष्ठ नेता झलनाथ खनालले बैठकमा नेताले बोल्ने क्रम समाप्त भएकाले प्रतिवेदनउपर अध्यक्षद्वयले आफ्नो धारणा राखेपछि प्रतिवेदनको टुंगो लगाइने बताउनुभयो।
गत मंसिर २९ देखि शुरू भएको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको स्थायी समितिका सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ।











प्रतिक्रिया