ब्याजदरमा भएको भद्र सहमतिको पाल चेम्बर अफ कमर्सद्धारा स्वागत

0
Shares

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले वाणिज्य बैंकले निक्षेपको ब्याजदरमा एकरुपता ल्याएकामा स्वागत गरेको छ ।

लामो समयदेखि उच्च ब्याजदरको कारणले अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकको पहलमा बैंकर्स सङ्घको बैठकले ब्याजदरमा सहमति गरेको थियो ।

वाणिज्य बैंकले साधारण बचतमा बढीमा ६।५० प्रतिशत, व्यक्तिगत निक्षेपमा बढीमा ९।७५ प्रतिशत र संस्थागत निक्षेपमा ९।५० प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेका थिए ।

चेम्बरले यसअघि बैंकले अनियन्त्रित एवं एकतर्फी तवरबाट उद्योगी तथा व्यवसायीले लिएको कर्जामा लगाएको उच्च ब्याजदर अविलम्ब घटाउन बैंकलाई निर्देशन दिनसमेत राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

अहिले तोकिएको ब्याजदरले आर्थिक गतिविधि बढ्न गई लगानी प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको चेम्बरका निमित्त महानिर्देशक कैलाशकुमार बजिमयले जानकारी दिनुभयो ।

एकल अङ्कको ब्याजदरले लगानीयोग्य पूँजीमा माग बढ्ने भएकाले यसलाई पनि सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने चेम्बरले जनाएको छ ।