दाङमा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २० पुग्यो

0
Shares

नरेन्द्र केसी, दाङ ।
घोराहीबाट सल्यानको कपुरकोटमा अध्ययन भ्रमण गरी फर्कदै गरेका विद्यार्थी र शिक्षक चढेको गाडी कपुरकोट–तुलसीपुर खण्डको राम्रीनजिक भीषण दुर्घटनामा परेको छ । दुर्घटना हुँदा कम्तीमा २० को मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा पर्दा ५ महिला र १५ पुरुषको ज्यान गएको र क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटना अपरान्ह ४ः५० मा दुर्घटना भएको हो । दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रनाउ प्रेम शाहीको नेतृत्वमा तुलसीपुर र घोराहीबाट प्रहरी घटनास्थल पुगेको छ ।

साँझ परेकाले उद्दारमा समस्या परेको छ । गाडीमा ९ महिला र २१ पुरुष रहेको इलाका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ । गाडी सडकबाट ६ सय मिटर तल खसेको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।दाङमा विद्यार्थी चढेको बस दुर्घटना