यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ को संसदीय समिति अर्थ, उद्योग तथा पर्यटन समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र निकासी रोक्न प्रदेश ५ सरकारलाई निर्देशन दिएको छ ।
नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ लगायत नदीजन्य पदार्थको निकासीको अवस्थाका बारेमा छलफल गर्न शुक्रवार बसेको बैठकले सरकारलाई नदीजन्य पदार्थको अव्यवस्थित दोहन र अवैध निकासीले नदी गहिरिदै गएको र यसले प्राकृतिक जोखिम बढाउने भन्दै त्यसलाई व्यवस्थित गर्न निर्देशन दिएको हो ।
समितिले प्रदेश ५ सरकारका वन वातावरण, उद्योग तथा पर्यटन मन्त्री लिला गिरीलाई बैठकमा बोलाएर जानकारी लिँदै त्यसतर्फ चासो दिन ध्यानाकर्षण गराएको हो ।
बैठकमा समितिका सदस्यहरुको जिज्ञासापछि सभापति दधिराम न्यौपानेले सरकारले कार्यविधि जारी गरेर पनि कार्यान्वयन गर्नतर्फ गम्भीरतापूर्वक नलागेको र अवैध निकासी र चोरीपैठारी नरोकिएको भन्दै तत्काल अवैध गतिविधि रोक्न सरकारलाई निर्देशन दिएको छ ।











प्रतिक्रिया