छाउनीको जग्गा माग गर्दै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सर्वोच्च अदालतमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले छाउनीमा रहेको जग्गा माग गर्दै सर्वोच्च अदालतमा आज निवेदन दर्ता गरेकी छन् । प्रेरणाले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी हुन् ।

तत्कालीन समयमा राजा वीरेन्द्रको नाममा रहेको उक्त जग्ग ज्ञानेन्द्रले नामसारी गरी छोरी प्रेरणाको नाममा पास गरिदिएका थिए ।

प्रेरणालाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारी हुने गरि प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले २०७३ साल पुस २१ गते फैसला गरेको थियो।

त्यसअघि पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनकै भाइ ज्ञानेन्द्रकी छोरीले दाइजो पाएका भन्दै उनैको नाममा हुने गरी फैसला गरेका थिए।

उक्त फैसलामाथि पुनरावलोकन गर्दै तत्कालिन प्रधानन्यायाधीश कार्कीले गरेको फैसलाले आफूलाई अन्याय गरेको प्रेरणाको रिटमा उल्लेख छ।

नेपाल ट्रस्ट र काठमाडौं महानगरपालिकाले उक्त जग्गा ३५ दिनभित्र घरजग्गा खाली गर्न गत वैशाख २५ मा प्रेरणालाई पत्र समेत लेखेको थियो ।