सर्वोच्च प्रशासनको आदेशपछि दीपक मनाङ्गे थुनामुक्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सर्वोच्च अदालतको आदेशलगत्तै गुण्डानाइके दीपक मनाङ्गे भन्ने राजीव गुरुङ बिहीबार थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागारले थुनामुक्त गरेको हो । प्रदेशसभा निर्वाचनमा मनाङबाट विजयीसमेत भएका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । मनाङ्गेलाई तत्कालिन पुनरावेदन अदालत पाटनले पाँच वर्ष थुनामा राख्न आदेश दिएको थियो । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी स्वयम्भूबाट पक्राउ परेका थिए ।

मनाङ्गेले पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दिएको हो ।