अस्ट्रेलियाको बिग ब्यास लिगमा सन्दीपको शानदार डेब्यू, एकै ओभरमा लिए दुई विकेट

0
Shares

काठमाडौं ।
बिग बासमा डेब्यू गरिरहेका नेपाली युवा लेग स्पिनर सन्दिद लामिछानेले धमाका डेब्यू गरेका छन्ु । विश्व चर्चित अस्ट्रेलियाको विग बास लिगमा लामिछानेले सिड्नी थन्डरका कप्तानसहित दुई विकेट लिएका हुन्।

आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सनलाई २२ रनमा आउट गरेका हुन्। यस्तै सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालुम फर्गुर्सनलाई १५ रनमा कट एण्ड बोल्ड पारेका छन्। सन्दीपले पहिलो ओभरमा ३ रनमात्रै खर्चेर २ विकेट लिए।

यस्तै टोलीको लागि दशौं ओभरमा तथा आफ्नो व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले एक चौकासहित ६ रन खर्चिए। १२ औं ओभर तथा आफ्नो व्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दिपले १ छक्कासहित १३ रन खर्चिए।

चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिएका छन् ।