उद्योग वाणिज्य संघले डोटीका सबै स्थानीय तहमा उप शाखा बिस्तार गर्ने

0
Shares

विमल बिष्ट, डोटी ।
डोटी उद्योग वाणिज्य संघले जिल्लाका हरेक स्थानीय तहमा उप शाखा बिस्तार गर्ने भएको छ ।

स्थानीय स्तरमा रहेका उद्योगी ब्यापारीहरुलाई संघबाट प्रदान गरिने सेवाहरुलाई सर्ब सुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले अभियानकै रुपमा उप शाखा बिस्तार गर्न लागिएको हो । मुलुक संघिय संरचनामा गएपछि स्थानीय तहलाई साधन श्रोत र अधिकार सम्पन्न बनाएको छ । जनातका अधिकाँश कामहरु पनि स्थानीय तहमै सम्पादन गरिने भएकाले उप शाखा बिस्तार गरिएको डोटी उद्योग वाणिज्य संघका महासचिब दिपकबहादुर खड्काले बताउनु भयो ।

यसै क्रममा बाणिज्य सघले डोटी जिल्लाका थप दुई स्थानीय तहमा उप शाखा बिस्तार गरेको छ ।

पूर्बिचौकी गाउँपालिकाको साझघाटमा आयोजना गरिएको उद्योगी तथा ब्यापारीहरुको भेलाबाट बलबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय उप शाखा कार्य समिति चयन गरिएको छ ।
उक्त समितिको उपाध्यक्ष द्वय बृजबहादुर खड्का र पशुपति खडका, महासचिव जगदीश खड्का , सचिव रामबहादुर खड्का , कोषाध्यक्ष उत्तरा बोगटी चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरुमा क्रमस धर्मभक्त कठायत , अमृत सोप, निर्मला खड्का , अमिता गिरि र कैलास खड्का रहेका छन् ।

यस्तै केआई सिह गाउपालिका क्षेत्रमा रहेका उद्योगी ब्यापारीहरुको भेलाबाट नरेश खडकाको अध्यक्षतामा उपशाखा गठन गरिएको डोटी उद्योग वाणिज्य संघका अधिकृत नरेश ओझाले जानकारी दिनु भयो । यस अघि डोटी उद्योग बाणिज्य संघले जोरायल गाउँपालिका वडा न.२ को बुडर बजारमा पनि उपशाखा बिस्तार गरि सकेको छ ।