आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

0
Shares

नेपाल समाचारपत्र, ताप्लेजुङ ।
आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् ।

सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २० वर्षीया युवतीले आफ्नै २४ वर्षीय श्रीमानले गत असोज ८ गते बलात्कार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

बलात्कार आरोपपछि लुकिछिपी बसेको अवस्थामा जिल्लाकै आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेबाट ती पुरुषलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दोषी ठहर नभएसम्म आरोपितको नाम प्रहरीले गोप्य नै राखेको छ । यसबाहेक ज्यान मार्ने मुद्दामा पक्राउ परेका फुङलिङ नगरपालिका–२ का २२ वर्षीय विकास लिम्बू कारागार चलान भएका छन् ।

गत मंसिर ५ गते गाउँकै ३० वर्षीय पुरुषलाई डण्डी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेका लिम्बूलाई मंसिर ७ गते प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो ।

उनलाई अदालतले पुस ५ गते २ लाख ८ हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।