साझा संस्कृति जोगाउन नेपाल–भारतका नागरिक र जनप्रतिनिधि सहमत

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
नेपाल र भारतको साझा संस्कृति जोगाउनका लागि सीमावर्ती क्षेत्रका दुवै देशका नागरिक र जनप्रतिनिधि सहमत भएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ४ र भारतको हल्दुग्रामका स्थानीय र जनप्रतिनिधि दुवै देशको साझा संस्कृति जोगाउनका लागि सहमत भएका हुन् ।

वडा नं ४ का वडा अध्यक्ष राजबहादुर चन्द र हल्दुग्रामका प्रधान मन्सिराम ओड सहभागी बैठकले दुवै देशको साझा संस्कृतिलाई बचाउनका लागि मिलेर जाने सहमति भएको हो । रुडेस बैतडीले सञ्चालन गरेको ट्रोसा परियोजना अन्तर्गत दुवै देशका जनप्रतिनिधि र स्थानीयहरुलाई एकठाउँमा बसेर छलफल गर्ने अवसर जुराएको हो ।

नेपाल र भारतका सीमावर्ती क्षेत्रका नागरिककाबीच रोटीबेटीको सम्बन्ध भएकाले यसलाई जोगाउनका लागि दुवै देशका जनप्रतिनिधि र स्थानीयहरु सहमत भएको पञ्चेश्वर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष राजबहादुर चन्दले बताउनुभयो । सीमावर्ती क्षेत्रका दुवै देशका नागरिकको सांस्कृतिक परम्परा एउटै भएको र यसले सीमामा सद्भाव कायम गरेको सहभागीहरुले बताएका छन्। ।

सीमावर्ती क्षेत्रका दुवै देशका नागरिकको समस्या एउटै भएकाले आफूहरु संस्कृति संरक्षणका लागि जुटेको भारतको हल्दुग्रामका प्रधान मन्रिाम ओडले बताउनुभयो ।

दुवै देशका सीमावर्ती क्षेत्रका नागरिकको सांस्कृति संरक्षणका लागि सौर्य विनायक हल्दु तटीय समुदाय पैरवी सञ्जाल समेत गठन गरिएको छ ।