रुख काट्ने क्रममा मुढाले च्यापिएर मृत्यु

0
Shares

पाल्पा,
रैनादेवी छहरा गाउँपालिका –८ बस्ने ४१ वर्षीय टेकबहादुर कुँवरको रुखको मुढा काट्ने क्रममा मुढाले च्यापिएर बिहीबार दिउसो मृत्यु भएको छ ।

सोही गाउँपालिका खुर्साने मधुवनटारी जंगलमा रुखको मुढा काट्ने क्रममा मुढाले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।