गणेश साम्पाङ/यासोक, पाँचथर
पानीलाई जीवनको सहारा मानिन्छ। पानी छ र न त हरियाली छ। मनमोहक प्रकृतिको रनवन छ र न त्यहीँ रमाउन पाएका छन् मान्छेसहितका जीवात्माहरू। तर पाँचथर जिल्लाको यासोक कुम्मायक गाउँपालिकाको रानीगाउँ र स्याबरुम्बा उल्लिखित कथनको अपवाद बनेको छ। प्रकृतिले नै ठगेको यसलाई। पानीबिनाको माछीजस्तो भएका छन् यहाँका बासिन्दा। पानी नहुँदा काकाकुल मात्र भएका छैनन्, सि·ो बस्ती नै उजाड उजाड हुँदै छ। पानी अभावमा अधिकांश मानिसहरूको बासै उठेको छ।
कुवाहरू सुकेकाले ताला लागेको छ। घर, विद्यालयमा चर्पी छ तर प्रयोगहीन भएका छन्, होटलमा बास पाइन्छ नुहाउन–धुन पाइँदैन।
त्यसो त रानीगाउँ र स्याबरुम्बामा पानी अभाव भएको अहिले मात्र होइन। ५/६ वर्ष अघिदेखिकै समस्या हो। जसको अभावमा बर्सेनी मानिसहरू बसाइँ सर्दै आएका छन्। यस वर्ष मात्र चन्द्रबहादुर भण्डारी, लक्ष्मी भण्डारी, दुर्गा भण्डारी, खड्गबहादुर विक, टेकबहादुर नेपाली र हर्कबहादुर नेपाली बसाइँ सरेको कुम्मायक–५ साविक स्याबरुम्बा–३ का सामाजिक अगुवा दुर्गाप्रसाद बम्जन बताउनुहुन्छ।
‘पानीको सबैजसो स्रोत सुक्यो, तमोर लिप्mट खानेपानी आयोजनाको आशा पनि हरायो, बसाइँ जानेको संख्या झन् बढ्ने सम्भावना छ, उहाँको चिन्ता छ। विकल्पका रूपमा एकघण्टा हिँडेर पानी लिन गए पनि पर्खेर आउँदा जुलुम हुने स्थानीयको पीडा छ। बिहान ४ बजे गएको व्यक्ति ८ नबजी फर्कंदैन। रानीगाउँ–७ का शिक्षक बलराम फुयाँल भन्नुहुन्छ– ‘गुजारा चलाउन गाह्रो परेपछि हाम्रो वडाबाट मात्रै २२ परिवारले गाउँ छाडिसके।’
५२ करोडको योजना
अलपत्र
विद्यार्थी पालो पर्खिंदा
पर्खिंदै स्कुल आउनै
भ्याउँदैनन्।
पिसाब त गर्न
पाइएला दिसा गर्न
कृषकले पशुपालन
र कृषि पेसा
छाडिसके
यासोक–२ भदौरे गाउँका अनिता परियार, कमला परियार, राजकुमार परियार, भगिश्वर विश्वकर्मा, सुवास कार्की र लक्ष्मी थापाको परिवारले गाउँ छाडेको जानकारी दिँदै सोही वडाकी गृहिणी उमा चाम्लिङ लावती सुनाउनहुन्छ– ‘एक गाग्रो पानी खोज्न ३/४ घण्टा लाग्छ, कसरी चलाउने दैनिकीर ?’
२०७४ सालभरिमा रानीगाउँ र स्याबरुम्बाबाट वडा नं। १ का १ सय ४९, नं। २ का ५३, ३ का ५९, ४ का ६८ र वडा नं। ५ का १ सय ७ गरी ४ सय ३६ घरपरिवारले बसाइ छाडेका छन्। यसै सालको वैशाखदेखि असारसम्ममा सोही ठाउँका १ सय ७६ घरपरिवार बसाइँ गएको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासीय अधिकृत कमलप्रसाद भट्टराई बताउनुहुन्छ।
सोही वडाका शिक्षक गयेन्द्र लावतीको भोगाइ पनि यस्तै छ। उहाँ भन्नुहुन्छ– ‘पानी लिन गएका विद्यार्थी पालो पर्खिंदा पर्खिंदा स्कुल आउनै भ्याउँदैनन्।’
सिद्ध मावि रानीगाउँका शिक्षक वीरेन्द्र सम्बाहाम्फेको समस्या योभन्दा फरक छैन। ‘सरसफाइ गर्न पाइँदैन। रानीगाउँभरिका १४ वटा विद्यालयका चर्पी प्रयोगविहीन छन्। पिसाब त गर्न पाइएला दिसा गर्न
कहाँ जाने ?
उक्त क्षेत्रबाट अहिलेसम्म ७ सयभन्दा बढी परिवार बसाइँ सरिसकेका छन्। उनीहरूको खेतबारी बाझिएको छ। स्थानीय कृषक पशुपालन र कृषि पेसा छाड्न बाध्य भएका छन्।
हुन त कुम्मायक क्षेत्रमा पानी अभाव बढेपछि जिल्ला विकास समितीले सो क्षेत्रलाई २०६७ सालमै जिल्ला परिषद्को बैठकबाट सुखा क्षेत्र घोषणा गरेको थियो। ती क्षेत्रका बासिन्दालाई पुग्ने खानेपानी स्रोत नभएकाले तमोर नदीबाट मोटरले तानेर वितरण गर्न ५२ करोडको लागतमा दुई वर्ष पहिला नै तमोर लिप्mटिङ खानेपानी आयोजना शुरू गरिएको हो। तर उक्त आयोजनाले समयमै काम नगर्दा यस्तो अवस्था आएको छ। तर ३ हजार ४६ घरपरिवारलाई लक्षित गरी बनाउन शुरू गरिएको यो योजनाको ८० प्रतिशत काम सकिएको उक्त आयोजना एवं सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बरसिं सम्बाहाम्फे दाबी गर्नुहुन्छ।
उक्त आयोजनाको ३६ किलो मिटरको पाइप बिछ्याउने, ११ वटा रिर्जभ ट्याङ्की बनाउने र इन्टेकका लागि बिजुलीको पोल गाड्नेजस्ता काम सम्पन्न भइसकेकाले एक वर्ष सबैको घरघरमा पानी पु¥याउने उहाँको जिकिर छ।
यासोक क्षेत्रमा डिप बोरिङ प्रविधिबाट पानी निकाल्ने परीक्षणका लागि १ नं को प्रदेश सरकारले १ करोड रुपियाँ विनियोजन गरेको छ। यसअन्तर्गत कुम्मायक गाउँपालिकाको चार स्थानमा परीक्षण गरिँदै छ। खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमरसिं थापाका अनुसार गत शनिबार मेसिन ल्याएर डिप बोरिङको काम शुरू गरिएको छ।
यो अभाव टार्न केही वर्षदेखि ट्याक्टरबाट खानेपानी बेच्ने व्यवसाय पनि शुरू भएको छ। अहिले निजीस्तरका ३ वटा ट्याक्टरले दैनिक दुईपटक पानी बिक्री गर्ने गरेको व्यवसायी राजु गुरागाईं बताउहुुन्छ।
ट्याक्टरले १० किलोमिटर टाढा छोरुवा खोलाबाट ल्याएर प्रतिड्रम ३ सय रुपियाँमा बेच्ने गरिएको जानकारी दिँदै उहाँ भन्नुहुन्छ– ‘एकपटकमा ४ हजार ५ सय लिटर ल्याउँछौं। तैपनि मागअनुसार सबैलाई पु¥याउन गाह्रो छ।’











प्रतिक्रिया