पर्वत ।
पर्वतमा लागु औषधसहित एक युवक पक्राउ परेका छन । म्याग्दीको मंगला गाउँपालिका वडा न ४ वस्ने १९ बर्षका हिरा प्रसाद के.सी रहेका छन् ।
गएको पुष ३ गते मोदी गाउँपालिका वडा न ६ डिमुवा वजार स्थित पोखरा वाग्लुङ सडक खण्डबाट प्रहरीको गस्ती टोलीले उनलाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम गाँजा र ४० ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पक्राउ परेका के.सी. लाई जिल्ला अदालत पर्वतबाट ३ दिनको म्याद थपेर अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, फरार प्रतिवादीको रुपमा रहेकी पर्वतको कुश्मा नगरपालिका ४ की ३३ बर्षिया देवी खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । गएको कात्र्तिक १२ गते जिल्ला अदालत पर्वतले खत्रीलाई मुलुकी ऐन किर्ते कागजको कसुरमा २ लाख २५ हजार रुपैयाँ जरिवाना गर्ने गरी पैmसला सुनाएको थियो ।
तर अदालतको आदेश नमानेर जरिवाना नतीरेपछि उनलाई हिजो प्रहरीको प्रतिवादी पक्राउ टोलीले नियन्त्रणमा लिएको हो । खत्रीललाई प्रहरीले हिजो नै जिल्ला अदालतमा पेश गरेको थियो भने अदालतले जरिवाना रकम बुझाउन नसकेको कारण २ वर्ष ६ महिना कैद भुक्तानको अर्को पैmसला सुनाएको छ । खत्रीलाई हिजो नै लागी जिल्ला कारागार पर्वतमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।











प्रतिक्रिया