औषधि लिमिटेडका महाप्रबन्धकद्वारा राजीनामा

188
Shares

काठमाडौँ। नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ ।

खुला प्रतिस्पर्धाबाट सो पदमा उहाँले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हाल्नुभएको थियो । आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उहाँले जानकारी दिनुभयो ।

उहाँले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन : सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराउनुभएको थियो ।