महिला अधिकारवादी अभियन्तालाई छोड्ने आदेश


काइरो,(एजेन्सी)
इजिप्टको एक अदालतले सरकारले महिला माथि हुने गरेका यौन दुव्र्यवहार रोक्न असफल भएको भन्दै आलोचना गर्ने महिला अधिकारवादी अभियन्ता अमाल फाथीलाई रिहाइ गर्न आदेश दिएको छ ।

गत मे महिनामा आफ्ना अनुभवहरुमा आधारित भिडियो पोस्ट गरेपछि फाथी विरुद्ध गलत खवर फैलाएको अभियोग लगाइएको थियो । उनलाई गत सेप्टेम्वरमा दुइवर्ष लामो कारवास संजाय सुनाइएको थियो ।

साथै उनी माथि अर्को मुद्धा पनि लगाइएको थियो । मंगलवार न्यायधिशले मुद्धा मुल्तवीमा राखेर फाथीलाई जमानतमा रिहा गर्न आदेश दिएको हो । एमनेस्टि इन्टरनेसनलले इजिप्ट सरकारलाई तुरुन्तै अदालतको निर्णय पालना गर्न अनुरोध गरेको छ ।

एक सन्तानकी आमा ३४ वर्षिया फाथी अप्रिल ६ को युथ मुभमेनटका पुर्व अभियन्ता हुन् । साथै उनी अधिकार तथा स्वतन्त्रता लागि इजिप्टको स्वतन्त्र आयोग ( इसिआरएफ ) का अध्यक्ष तथा अभियन्ता मोहमद लोफ्टीकी पत्नी पनि हुन् ।

फेसबुकमा आफ्नो भिडियो पोस्ट गरेको दुई दिनपछि गत ११ मेमा उनलाई राजधानी कायरोबाट गिरफतार गरिएको थियो । उनले सो भिडियोमा आफुलाई एकै दिमा दुइपटक यौन दुव्र्यवहार गरेको अनुभव उल्लेख गदै सरकारले महिलामाथिको दुव्र्यवहार रोक्न नसकेकोमा आलोचना गरेकी थिइन् ।