दिल्लीमा ८ दशमलब ५ म्याग्निच्युडको भुकम्प आउने खतरा


नयाँदिल्ली (एजेन्सी)
वैज्ञानिकहरुले हिमालय क्षेत्र वरपर निकट भविष्यमा उच्च तिब्रताको भुकम्प आउने आसंका रहेकोमा ताजा अध्ययनले त्यसमा थप बल मिलेको बताएका छन् । उक्त सोधको नतिजामा ती क्ष्ँोत्रमा रहेका अत्यधिक तनावका स्थितिका कारण ८ दशमलव ५ वा त्यो भन्दा ठूलो तिब्रताको भुकम्प आउन सक्ने जनाएको छ ।

बेंललुरु स्थित जवाहर लाल नेहरु सेन्टर फर एडभान्स्ड साइन्टिफिक रिसर्चका भुगर्भसास्त्री तथा अध्ययनको नेतृत्व गरिरहेका सीपी राजेन्द्रनले सन् १३१५ र १४४० को बीचमा आएका भयानक भुकम्प पछि मध्य हिमालको क्षेत्र भुकम्प सक्रियताका हिसाबले शान्त रहेको छ तर भौगर्भिक क्ष्ँोत्रमा भने प्रचुर तनावको स्थिति उत्पन्न भएको बताए ।

दिल्लीका लागि यो खतरा हो किनभने भुकम्पको हिसाबले अत्यन्त संवेदनशिल छ । यदि उक्त तिब्रताको भुकम्प आएमा शहरका करिब २० प्रतिशत भवन मात्रै बच्न विज्ञहरुले बताएका छन् । दिल्लीमा तीन फल्टलाईन रहेकोले यो सहर भुकम्पका लागि अत्यन्त संवेदनशिल हो । ती फल्ट लाइन सोहना, मथुरा र दिल्ली मरादाबाद भएको सोधपत्रमा उल्लेख गरिएको छ । सबैभन्दा संवेदनशिल गुडगाउँ भएको र त्यसको वरवर सातवटा फल्ट लाइन रहेको जनाएको छ ।

जीआरआईएचएच काउन्सिलका संस्थापक मानित रस्तोगीले भने– सन् २००१ गुजरात भुकम्पपछि दिल्लीलाई जोन ३ बात जोन ४मा राखियो । यद्यपी सबै भवन पहिले नै डिजाइन र निर्माण गरिएका थिए । मलाई लाग्छ, दिल्लीका मात्र १० प्रतिशत भवनले मात्र भुकम्प झेल्न सक्छ ।

सन् २००८ मा दिल्लीमा केही पुरानो भवनहरुको मर्मत सम्भार गरियो र सन् २०१५ मा नेपालमा आएको भुकम्पपछि दिल्ली सचिवालय, दिल्ली प्रहरी र पीडब्ल्युडी मुख्यालय, लडला क्यासल स्कुल, विकास भवन, गुरु तेग बहादुर अस्पताल र डिविजनल कमिसनलको कार्यालयलाई बलियो बनाइएको थियो ।
यद्यपी दिल्ली सरकारका अधिकांश भवन भुकम्पको केन्द्र मै रहेका छन् । पीडब्ल्युडीको सुत्रले ती भवनहरुमा नियमित रुपमा निगरानी भइरहेको र रेखदेख भइरहेको दावी गरेको छ । सुरक्षाका लागि नियमित रुपमा काम गर्दै आइरहेको उसले जनाएको छ ।

केन्द्रिय भुविज्ञान मन्त्रालयको एक पुरानो अध्ययनले यमुनाको बाढीबाट प्रभावित हुने क्षेत्रमध्य भुकम्पको खतरा सबैभन्दा धेरै रहेको स्थानहरुका पहिचान गरिएको उल्लेख छ । यसमा पुर्वी दिल्लीको घना आवादी भएको आवास इलाका पनि पर्छ । अन्य जोखिम पुर्ण इलाकामा लुटियन्सको दिल्ली, सरिता विहार, पश्चिम विहार, वजिराबाद, करोलबाग र जनकपुरी पर्छ ।