पुर्व प्रथम महिला ग्रेस मुगावे विरुद्ध पक्राउ पुर्जि


डर्वान,(एजेन्सी)
सन् २०१७ मा एकजना मोडललाई दुव्र्यवहार गरेको अभियोगमा बुधवार दक्षिण अफ्रिकाका सरकारी वकिलहरुले जिम्वावेका पुर्व प्रथम महिला ग्रेस मुगावे विरुद्ध पक्राउा पुर्जि जारी गरेको प्रहरीले जनाएको छ ।

गत जुलाईमा एउटा अदालतले ग्रेसको कुटनीतिक भएकै कारण संजायबाट उन्मुक्ति पाउने अधिकार रद्ध गरेपछि यो कदम चालिएको हो । उनको उक्त गलत व्यवहार वावजुद पनि ग्रेसलाई सजिलैसंग देश छोड्न दिइएको भन्दै दक्षिण अफ्रिकाको आलोचना भएको थियो ।

ग्याव्रियल्ला एन्जेल्स नामक मोडेलले राजधानी जोहान्नेसवर्ग स्थित एउटा होटेल कोठामा आफुलाई त्यहाँबाट निस्कीहाल भन्दै बिद्युतिय उपकरणले प्रहार गरेको उजुरी गरेकी थिइन् । तर त्यतिवेला मुगावेले भने आफ्ना दुइजना छोरा पनि भएको कोठामा आएर मात्तिएकी र अनियन्त्रित मोडेलले आक्रमण गर्न थालेपछि आफुले आत्मरक्षाका लागि प्रतिवाद सम्म गरेको बताएकी थिइन् ।

प्रहरी प्रवक्ता विष्णु नाइडुले अघिल्लो साता ग्रेस मुगावे विरुद्ध पक्राउ पुर्जि जारी गरिएको बुधवार पुष्टि गरेका छन् । उनले प्रहरीले पक्राउ पुर्जिलाई कार्यान्वयन गर्न इन्टरपोलको सहयोग खोजिरहेको पनि बताएका छन् ।

तर यति लामो समय सम्म पक्राउ पुर्जि किन जारी नगरिएको भन्ने स्पष्ट हुन सकेको छैन । साथै मुगावे स्वयम र जिम्वावे सरकारबाट यसबारे कुनै प्रतिक्रिया प्राप्त भइसकेको छैन । यस घटनालाई उचालिरहेका लोवी ग्रुप अफ्रिफोरमले पक्राउ पुर्जिको स्वागत गरेको छ । दक्षिण अफ्रिकाले मुगावेलाई सुपुर्दगी गर्न जिम्वावे समक्ष दवाव दिने हो वा होइन भन्ने पनि स्पष्ट भइसकेको छैन ।