सामुदायिक बिकास परियोजनाको सरोकारवालाद्धारा अनुगमन

0
Shares

विमल बिष्ट, डोटी ।
गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा सामुदायिक बिकास केन्द्र र सामुदायिक बिकास मञ्च (सिडिएफ) डोटी द्धारा संचालित सामुदायिक बिकास परियोजना अन्तरगत लडागडा र पोखरीमा सन्चालित बिभिन्न कार्यक्रमहरुको सर्बपक्षिय अनुगमन गरिएको छ ।

सर्बपक्षिय अनुगमनमा जिल्ला समन्वय समितिका उप संयोजक सशी सोव, पूर्बिचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, उपाध्यक्ष निर्मला साउँद, दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख शिबराज खड्का लगायत सम्बन्धित वडाका वडा अध्यक्षहरु, गैरसरकारी संस्था महासंघका अध्यक्ष रघु कठायत, पत्रकार झलक पाली, साझेदार संस्थाका प्रतिनीधिहरु लगायतका सरोकारावालहरुको उपस्थिती रहेको थियो ।

सर्बपक्षिय अनुगमन समितिले सामुदायिक बिकास परियोजना अन्तरगत वाल संरक्षण, जिविकोपार्जन, स्वास्थ्य, शिक्षा क्षेत्रमा भएका बिभिन्न कृयाकलापहरुको अनुगमन गर्नुका साथै लक्षित समुदायसंग अन्तरकृया गरेको सामुदायिक बिकास केन्द्र डोटीका शिक्षा बिकास अधिकृत एकराज बडुले जानकारी दिनु भयो ।

अनुगमन पश्चात जिल्ला समन्वय समितिका उप संयोजक सशी सोवले गैरसरकारी संस्थाहरुले लक्षित समुदायको पहिचान गरि काम गर्नु पर्ने र कार्यक्रमबाट लक्षित समुदायले फाईदा पाए नपाएको अनुगमन हुनु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसैगरि पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले गैरसरकारी निकाय स्थानीय तहका प्रमुख बिकास साझेदार निकाय भएकाले गैरसरकारी संस्थाहरुले योजना तर्जुमा, कार्यान्वयन र अनुगमन मुल्यांकनमा स्थानीय तहसंग समन्वय गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै अनुगमनमा संलग्न दिपायल सिलगढी नगपालिकाका उप प्रमुख शिबराज खड्काले नगरपालिका समृद्ध नगरपालिका निर्माणको लागि गैरसरकारी संस्थाहरुसंग सहकार्य र समन्वय गर्न तयार रहेको बताउदै गैरसरकारी संस्थाहरुले पनि नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम, योजनालाई सहयोग पुग्ने गरि काम गर्नु पर्ने बताउनु भयो ।

गुड नेवर्स ईन्टर नेशनलसंगको साझेदारीमा पोखरी र लडागडामा सामुदायिक बिकास मन्चले जिविकोपार्जन , स्वास्थ्य क्षेत्रमा तथा सामुदायिक बिकास केन्द्र डोटीले शिक्षा तथा वालसंरक्षणका क्षेत्रमा बिभिन्न कृयाकलाप गर्दै आएको छ ।