हत्या प्रयास आरोपित महिला रिहा


सान साल्भाडोर,(एजेन्सी)
एल साल्भाडोरको गर्भपतन विरुद्धको कडा कानुन लत्याउँदै हत्या प्रयास गरेकी एक महिलालाई अन्तत मंगलवार कारागार मुक्त गरिएको छ । इमेल्डा कोर्टेज नामक ति बिस वर्षिया महिलाले वर्षौं देखि आफु माथि आफ्नो सौतेनी पिताले यौन दुव्र्यवहार गर्दै आएके र उनले नै आफुलाई गर्भवती बनाएको दावी गरेकी छिन् ।

डाक्टरहरुले गतवर्षको अप्रिलमा शौचालयमा आफुले जन्माएकी बच्चीलाई मार्ने प्रयास गरेको आशंका गरेका थिए । तर बच्चीको ज्यान जोगियो भने पत्राउ परेकी इमेल्डा अठार महिना भन्दा लामो समयदेखि हिरासतमा थुनिएकी थिइन् । उनी मुद्धाको प्रतिक्षामा रहेकी थिइन् ।

सरकारी वकिलहरुले उनले आफ्नो गर्भाधारणकोबारेमा कसैलाई केहि बताउन नसकेपछि अन्तत उनले बच्ची जन्माएको तथा चिकित्सकिय मद्धत खोज्नु नै हत्या प्रयास सावित हुने भएकले उनलाई २० वर्ष लामो कारगार संजाय हुनुपर्ने माग गरेका थिए ।

तर सोमवार अदालतले आफु गर्भवति भएको समेत चाल नपाएकी उनले बच्ची मार्न नखोजेको निर्णय सुनाएको थियो । तर उनको पक्षका वकिलहरुले भने जन्माएकी बच्चीलाई लापरवाही गरेको हुँ भनी स्विकारेकी उनलाई कम अर्थात एक वर्ष लामो कारगार संजाय मात्र दिइनु वेश हुने बताएका थिए ।

तर अन्त्यमा अदालतले उनी निर्दोष रहेको ठहर गर्दै उनलाई घर जान दिन आदेष दिएको हो । अदालत बाहिर कोर्टेजलाई उनका साथीभाई , आफन्त र मानव अधिकारवादी अभियन्ताहरुले स्वागत गरेका थिए ।