चिठ्ठा परेको भन्दै ठगी गर्ने ३ जना पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।
लामो समयदेखि सामाजिक सञ्जालबाट रकम ठगी गर्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरी आइएममीबाट चिट्ठा रकम परेको छ भनी प्रलोभन देखाएर सरकारलाई आम्दानी कर तिर्ने नाममा रकम ठगी गर्ने दुई नेपाली र एक भारतीय युवकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बस्ने वर्ष २१ का हफिज पठान, रोहिणि गाउँपालिका–१ का २० वर्षीय समसुद्दिन जलाल र भारतको महाराजगञ्ज सुनौली ग्राम बस्ने १८ वर्षीय मुन्ना भन्ने मोहम्मद हसन रहेका छन ।

पच्चीस लाख चिट्ठाको रकम परको छ भनी सो रकम निकाल्न सरकारलाई ४५ हजार भारतीय रुपैयाँ माग गरी आइएममीमा रकम निकाल्न जाँदा गत आइतबार बेलहियाबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक थापाले उनीहरूले नक्कली नागरिकता बनाएर ठगी गर्ने गरेको बताउुभयो । “उनीहरूको नागरिकतामा नाम अर्कै छ, नक्कली नागरिकता कसरी बन्यो भन्नेबारे अनुसन्धान भइरहेको छ, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “मुख्य व्यक्ति अझै फरार छन ।’ पक्राउ परेका तीन जनालाई ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

उनीहरुको साथबाट २ लाख ४१ हजार ५ सय नगद पनि बरामद भएको छ ।
त्यस्तै प्रहरीले लागु औषधसहित देबदह नगरपालिका ७ निबासी ३० बर्षका सुनील गुरुङ र २७ बर्षका केशव सिंहलाई पनि पक्राउ गरेको छ । उनीहरुलाइ लु ४ प ७७७३ नम्बरको मोटरसाइकल खान तलासी गर्दा ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

त्यस्तै प्रहरीले जर्बजस्ती करणी उद्योगमा १ जनालाई पनि पक्राउ गरेको छ । देबदह वडा न ५ मा पुस १ गते बाटोमा हिँडिरहेको महिलालाई यौन दुर्व्यबहार गर्दै जबरजस्ती करणी गर्न खोज्ने देबदह ५ का ५३ बर्षका रामबहादुर बिक पनि पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताउनु भयो ।

प्रहरीले सिद्धार्थनगरबाट तनहुँ १३ बस्ने सहिदा खानलाई पनि पक्राउ गरेको छ । खानले लागु औषधको कारोबार गर्ने गरेको भेटिएको हो । भने चोरीको मोटरसाइकलमा संलग्न बुटवल १० का प्रकाश फुलेल पनि पक्राउ परेका हुन् । उनले मिलनचोकमा र्पाकिङ गरेको लु ३२ प १८८१ को मोटरसाइकल चोरेका हुन् ।