ब्यानर निकालिएपछि मकवानपुर बहुमुखी क्याम्पसमा झडप

0
Shares

हेटौंडा ।
हेटौंडा–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा झडप भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसको वार्षिकोत्सवका लागि राखेको ब्यानर निकालिएपछि विद्यार्थीबीच झडप भएको हो ।

झडपका क्रममा केही विद्यार्थी घाइते भएको जनाइएको छ । क्याम्पस सञ्चालन भइरहेको अबस्थामा नेपाल विद्यार्थी संघ तथा अखिल क्रान्तिकारीका केही विद्यार्थी नेताहरुको संलग्नतामा क्याम्पस प्रांगणमा फुटबल खेल्ने काम भएपछि क्याम्पस प्रमुख बच्चुराम अधिकारीले यस्तो कार्य बन्द गर्न आग्रह गरेपछि विद्यार्थीले ब्यानर निकालेका थिए । यसले झडपको रुप लिएको एक प्रत्क्षदर्शी विद्यार्थीले बताए ।

स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापति कुमार केसीले स्ववियुको नियमित कार्यक्रमप्रति केही विद्यार्थीको अराजक क्रियाकलापको प्रतिकार विद्यार्थीले गरेको बताए ।