सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै आन्दोलनको तयारीमा हुलाकका कर्मचारी

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज ।
देशभरीका अतिरिक्त हुलाक कार्यालयका कर्मचारी आन्दोलनको तयारीमा जुटेका छन् ।
सरकारले अतिरिक्त हुलाकका कर्मचारी माथि अन्यायपुर्ण व्यवहार गरिरहेकाले आन्दोलनको तयारीमा लागको उनीहरुले वताए । आन्दोलन तयारीका लागि पुष ७ गते कर्मचारीहरुको राष्ट्रिय भेला वोलाईएको राष्ट्रिय भेला तयारी समितिका संयोजक देवनारायण यादवले वताए ।

सरकारले वेवास्ता गर्दा आफुहरुलाई दैनिक हातमुख जोर्न पनि समस्या भएको मोरङ्ग स्थित अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी लक्ष्मी श्रेष्ठले वताईन । ‘यो विषयमा हामीले सरकारलाई पटक–पटक ध्यानाकर्षण गरायौं, तर आन्दोलन र तोडफोडको भाषा मात्र वुझने सरकारले कहिलै हाम्रो माग सुनुवाई गरेन’ उनी भन्छिन्–‘महंगीले चरम सिमा नाघिसक्यो, हाम्रो पारिश्रमिकमा पुनर्विचार भएन ।’

हुलाकका कर्मचारीले सरकारसँग अतिरिक्त हुलाक कर्मचारीलाई नेपाल सरकारको कर्मचारी मान्नु पर्ने, निजामति कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने तथा विमाको ब्यवस्था, नागरिक लगानी कोष कट्टा, २०७४ सम्म काकम गरेका कर्मचारीलाई निशर्त स्थायी गर्नु पर्ने लगायतका १४ वटा माग राखेका छन् ।