नेपाल कतारको सम्बन्ध अझ प्रगाढ बनाउन कुनै कसर बाँकि राख्दिन- नेपालका लागि कतारका राजदुर युसुफ


 

सन् १८७८ मा कतारको एकिकरण भएको स्मरणमा हरेक वर्ष १८ डिसेम्वरको दिन कतार राष्ट्रिय दिवस मनाइने गरिएको छ । सन् २००७ को २१ जुनमा तत्कालिन युवराज शेख तामिन विन हमाद अल थानीको आदेशमा स्थापना दिवसको नामले पनि चिनिने यस राष्ट्रिय दिवसमा सार्वजनिक विदा दिने प्रचलन शुरु भएको हो । यसै सन्दर्भमा नेपाल समाचारपत्रले कतारका महामहिम युसुफ विन अल हैलसंग गरिएको कुराकानीको सार संक्षेप ।

महामहिम ज्यू, नेपाल र कतारबीचको सम्बन्ध स्थापित भएको ४१ वर्ष पुरा भएको छ, यति लामो घनिष्ठ सम्बन्धबारे तपाईको विचार के छ ?

सबैभन्दा पहिले म नेपाल सरकारलाई तीनै तहको निर्वाचन सफलतापुर्वक सम्पन्न गरेकोमा र नेपालको संविधान २०७२ लाई लागू गरेकोमा बधाइ दिन चाहन्छु । त्योसंगै महत्वपुर्ण कुरा के भने नेपालले राजनीतिक रूपमा महत्वपुर्ण उपलब्धि हासिल गर्दै समृद्दिको बाटोमा अघि बढेकोमा शुभकामना सहित बधाइ दिन चाहन्छु । नेपाल र कतारबीचको सम्बन्ध निकै नै घनिष्ठ र प्रगाढ छ, कुटनीतिक रूपबाट शुरू भएको सम्बन्ध राजदुताबास राख्दै अझ मजबुत हुने दिशातर्फ अघि बढेको छ । नेपाल र कतारबीचको सम्बन्ध कति प्रगाढ छ भन्ने देखाउंन अहिले पनि कतारमा कार्यरत ५ लाख बढी नेपालीको संख्या नै काफि हुन्छ, जसले यो सम्बन्धको महत्वलाइ पनि दर्शाउंछ ।

कतारमा रहेको नेपाली समुदायले कतारमा देखाएको सौहाद्रता, भाइचारा र कल्याणकारी व्यवहार र सबै तहका नेपाली र कतारी नागरीकबीचको घनिष्ठ भाइचारा सम्बन्ध रहेको छ । हामी कतारी नागरीकले नेपाली समुदायको इमान्दारिताको उच्च मुल्याकंन गरेका छौ । नेपालीको कामप्रतिको लगाव अतुलनीय छ । मेरो विचारमा यो पृष्ठभुमीमा नेपाल र कतारबीचको सम्बन्धलाई नयां ढंगबाट अझि बढाउंदै अपसी हितमा अघि बढ्नुपर्छ ।

नेपाल र कतार विश्वमा शान्ति, सुरक्षा तथा विकासको लागि आपसमा मिलेर काम गरीरहेका छन् । कहिलेकाहिं यसै पञ्छाउंन नमिल्ने समस्याहरू पनि आउंछन् यस्तो समयमा तपाइले कसरी भुमिका निर्वाह गर्नुहुन्छ ?

कतार खासगरी क्षत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ खटिएको छ । कतारले सुडानको डार्फर क्षेत्रमा शान्ति स्थापनाको लागि मध्यस्तकर्ताको भुमिका निर्वाह गर्यो भने नेपालले शान्ति स्थापनार्थ शान्ति सेना नै संयुक्त राष्ट्रसंघ मार्फत खटाउंदै आएको छ । नेपाल र कतारले दुइ फरक विन्दुबाट काम गरेपनि एउटै उद्देश्य सहित काम गरीरहेको छ । हाम्रो दुइटै देश संयुक्त राष्ट्रसंघको मानव अधिकार परीषदमा सदस्य भइसकेका छन्, आगामि २०२० सम्मका लागि, दुबै देशले अन्तर्राष्ट्रिय रूपमा नै आपसी समझदारीमा गर्न सक्ने धेरै यस्ता कामहरू छन् ।

तपाईं नेपालमा रहनुभएको कति भयो ? तपाईंले नेपाली जनताका लागि गर्न सक्ने सकारात्मक पहलहरू के के हुन् जस्तो लाग्छ ?

म सांढे दुइवर्षअघि नेपालको लागि कतारको राजदुत भएर नेपाल आएको  हुं । म नेपालमा रहुञ्जेल नेपाल कतारको सम्बन्ध अझ प्रगाढ बनाउंन आवश्यक सबै काम गर्न कुनै कसर बांकि राख्दिन । अझ सम्बन्ध विस्तारमा नयां आयाम थप्ने कामलाइ प्राथमिकता दिन्छु ।

अहिले हामीबीच नयां साझेदारीको सहमति हुनुका साथै कुटनैतीक राहदानी बाहकका लागि भीसा नचाहिने व्यवस्थाको सहमति, सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारीमा हस्ताक्षर भइसकेको  छ । दुबै देशबीच अधिकतम विषयमा समझदारी गर्नेगरी हामीले काम गर्यौ, राष्ट्ररपति विद्यादवि भण्डारीको पछिल्लो भ्रमणमा हामी केहि हदसम्म सफल भयौं । दुबै देशमा उच्च तहका भ्रमण गराउंन र आपसी समझदारी बढाउंदै सम्बन्ध विस्तारसंगै विकासका काममा पनि अघि बढ्ने हाम्रो कोशिस रहनेछ ।

नेपालको ब्यापार कतारसंग सन्तुलित छ त ? नेपाल र कतारबीच अर्थिक सम्बन्धलाई सुधार गर्दै लैजानुपर्ने र व्यापारीक सम्बन्ध सुधारबारे के छ तपाइको धारणा ?

नेपालसंग प्रचुर आर्थिक समृद्दिको संभावना छ । कृषि तथा शुद्द खानेपानीको श्रोत, नेपालकै विश्वप्रशिद्द कपडा उद्योग र कार्पेट उत्पादनले नै नेपाललाई  विश्वमै धनी देशमा दराउंन सक्छ । कतार र नेपाल चेम्बरबीच दुइ पक्षीय व्यापार विस्तारबारे सहमति भएको छ । व्यापार विस्तारका लागि बजारको अवश्थाबारे अध्ययन गर्नु आवश्यक हुन्छ । मैले बारम्बार भनिरहेको छु कि नेपालको उत्पादनको बजार विस्तारका लागि कतारमा प्रदर्शनिको आयोजना गर्नुपर्छ । नेपालको उत्पादन तथा बजार विस्तारका लागि कतारबाट व्यवसायीक व्यक्तिहरूलाई  नेपालमा स्वागत गर्न म हरदम तयार हुनेछु ।

नेपालमा पर्यटनको प्रचुर संभावना रहेको छ भन्ने विषयमा तपाईंको राय कस्तो छ ?

वास्तवकै नेपालमा प्रकृतिले दिएका अनुपम उपहार छन् । पर्यटनबाटै नेपालले अथाह काम गर्न सक्छ । म आफै पनि नेपालको नेपाल भ्रमण वर्ष २०२० लाई खुलेर सहयोग गर्छु । पर्यटन मन्त्रालयको २ मिलियन पर्यटन भित्र्याउंने लक्ष्यलाई हामी सबै मिलेर पुरा गर्नुपर्छ भन्ने मेरो विचार छ । पर्यटनलाई पनि धेरै कुराले असर गर्छ । रारजनीतिक स्थीरता महत्वपुर्ण छ जुन नेपालले प्राप्त गरेको छ । यसबाहेक नेपाल सरकारले भौतिक पुर्वाधारमा जोड दिएकोले पक्कै पनि लक्ष्य पुरा गर्न यसले सरकारलाई सहयोग गर्नेछ ।

नेपाल कतारबीचको दुइदेशीय मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउंन कतार सरकारको नीति तथा योजना के छ त ?

मैले पहिले नै भनिसकेको छु, कि नेपाल र कतारबीचको सम्बन्ध असाध्यै गहिरो छ । भगवानलाई धेरै धन्यवाद जसले नेपाल र कतारलाई प्राकृतिक रूपमै यति धेरै स्रोतले सम्पन्न गरिदिए । यसैकारण पनि दुबै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, खानी तथा उर्जा लगायतका क्षेत्रमा हामी खुला छलफल गरी उद्देश्य प्राप्त गर्न सहकार्य गर्न सक्छौं ।

कतारले डिसेम्बर १८ मा राष्ट्रिय दिवस भब्यताका साथ मनाउंने तयारी गरीरहंदा यो दिवसको महत्ववारे प्रकाश पारिदिनुस् न ।

कतारले राष्ट्रपिता स्वर्गीय शेख जासिम विन मोहम्मद अल थानीको जन्मदिनलाई आफ्नो राष्ट्रिय दिवसको रूपमा मनाउंने गरेको छ । उहांको आत्माले शान्ति पाओस्। उहांको जन्मदिनलाई राष्ट्रिय गौरबको रूपमा मनाउंन पाउनु पनि हामीहरूको भाग्य हो । उहां नै राष्ट्रनिर्माता हो , जसले १८७८ मा कतारलाई अहिलेको कतारको रपमा देख्नुभएको थियो ।

उहांले कुरान पढ्नुभयो, न्यायीक कुराहरू तथा साहित्यका विषयहरूमाथिको अध्ययनबाट राज्यलाई कसरी अघि बढाउंने तथा थुप्रै चुनौतिका वावजुद किशोर अवश्थामा कतारको नेतृत्व सम्हाल्दै स्वतन्त्र तथा अग्रणी राज्यमा परिणत गर्न भुमिका निर्वाह गर्नुभयो । उहांले कतारलाई क्षत्रीय तथा साम्प्ररदायीकता मुक्त राख्नुभयो । उहांको शासनकालमा कतार अझै शसक्त भयको थियो । तिनै कुराहरूलाई सम्झेर हामी राष्ट्रिय दिवस झन भब्यताका साथ मनाउंने तयारी गर्छौं ।

अन्तमा हाम्ररा पाठकका लागि तपाईका केहि भनाइ राख्न सक्नुहुन्छ ।

म नेपाल र नेपालीलाई धन्यवाद दिन चाहन्छु । अझ धेरै धन्यवाद त तिनलाई दिन चाहन्छु जसले कतारमा पसिना बगाएका छन् । उनीलाई कतार सरकारले पनि तेति नै माया गरेको छ । नेपार र कतारबीचको सम्बन्ध र हामीबीच सांस्कृतिक। शैक्षिक खेलकुद सबै क्षेत्रको सहकार्य हुनु आवश्यक छ ।

दुबै देशका खेलकुदका संस्था कतार फुटबल एशोसियसन तथा नेपाल फुटबल एशोसियसनबीच पनि सहकार्यको लागि सहमति भएर हस्ताक्षर नै भइसकेको छ । यसलाइ निरन्तरता दिनुपर्छ यसैमा हामी दुबै देशको भलो हुनेछ । यसैगरी संचारकर्मी साथिहरूलाइ पनि म धेरै धन्यवाद दिन चाहन्छु जसले नेपार कतारबीचको सम्बन्धलाइ प्राथमिकता साथ राखेर समाचार सम्प्रेषण गर्दै हामीलाइ मार्गनिर्देश गरीरहनुभएको छ ।