कार्यक्षेत्र छाडेर भाग्न खोजेपछि मेलम्चीका ८ इटालियन कर्मचारी पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् ।

आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । सिएमसीका कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीसँगै खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर पुगेका थिए। प्रहरीले पक्राउ गरी कर्मचारीहरूलाई सामान्य सोधपुछ गरेको थियो।

स्रोतका अनुसार पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहितका कर्मचारीहरु छन् । यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेको थियो ।