ललितपुर महानगर १ सय वर्षमा

0
Shares

१ सय वर्षको रौनक देखिएन

नेपाल समाचारपत्र, ललितपुर ।
कला संस्कृतिको नगरी ललितपुर महानगरपालिका स्थापना भएको सोमबार १ सय वर्ष पुगेको छ । यसै अवसरमा आयोजित शतवार्षिकी कार्यक्रमले भने जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा खासै रौनक छाएको देखिएन ।

यस अघि स्थापना दिवसको कार्यक्रम जसरी चलिरहेको थियो, १ सय वर्षको कार्यक्रम पनि खासै फरक भएको अनुभूति उपस्थिति अधिकाशंले गर्न सकेन ।

कार्यक्रम पछाडि घाम ताप्दै बसिरहेका जनप्रतिनिधिहरु समेत कार्यक्रमबाट उत्साहित देखिएन। ‘सय वर्षको कार्यक्रम भनेको छ ।न कुनै रौनक छ, न हिजो भन्दा फरक । झारो टार्ने जस्तो देखियो ।’ वडाअध्यक्षहरु यस किसिमले कुराकानी गरिरहेको सुनिन्थ्यो ।

सो अवसरमा बोल्ने हरेक वक्ताहरुले आफ्नो मन्तव्यको क्रममा ललितपुरको कला संस्कृतिको बारे बोल्न छुटाएनन् ।१ सय वर्षको पुगेको अवसरमा धिमे बाजा बजाउ“दै समारोहमा उपस्थिति अतिथिले केक काट्न लगाइएको दृश्य मौलिक संस्कृति अनुरुप नभएको भन्दै खिन्न हुनेहरु पनि धेरै भेटिए ।

मौलिक संस्कृतिको अनुभूत गराउने अनेक विम्बहरु प्रयोग गर्न सकिन्थ्यो ।केक काट्ने तरिका त मौलिक भएन’ महानगरपालिका एक महाशाखाका प्रमुखले भने ।
पारिवारिक शोकका कारण महानगरपालिका प्रमुख चिरिबाबु महर्जन बिदामा हुनुहुन्छ ।‘यो कार्यक्रम चार दिन अघि मात्र तय गरिएको हो ।हतार हतारमा गर्नुपर्ने भएकोले व्यवस्थापनमा कमीकमजोरी भएको हो ।’ कार्यवाहक प्रमुख एवं महानगरपालिकाका उपप्रमुख गीता सत्यालले भन्नुभयो ।

यसैबीच समारोहको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा मुख्य मन्त्री पौडेलले ललितपुरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक विशेषतालाई अक्षुण्ण राखेर विकास निर्माणको कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाले ललितपुरको ऐतिहासिक, पुरात्तात्विक महत्वले विश्वले नै गौरव गर्न सक्ने भएको उल्लेख गर्दै यसलाई संरक्षण, सम्र्वद्धन गर्दै विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्ने खा“चो औल्याउनुभयो ।

सो अवसरमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले ललितपुरको सभ्यता, प्रँचीन शहर एक दिनमा बनेको नभई हजारौ वर्ष लागेकोले यसको महत्वलाई जोगाएर शहरीकरणलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

उहा“ले कला र संस्कृतिको नगरीलाई जोगाउन नसके इतिहासले धिकार्ने उल्लेख गर्दै यसको संरक्षण, सम्र्बद्धन कार्यमा गम्भीर भएर लाग्न महानगरपालिकालाई आग्रह गर्नुभयो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको ऐतिहासिक महत्वलाई बचाएर विकास र समृद्धि सबै एकसाथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिकाका कार्यवाहक प्रमुख समेत रहनुभएका उपप्रमुख गीता सत्यालले हालै ललितपुर नगरीलाई हस्तकलाको नगरी घोषणा गरिएकोमा खुशी व्यक्त गर्दै सो घोषणा अनुरुप कार्य अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । महानगरपालिकाले संस्कृति, सम्पदा संरक्षणलाई प्रँथमिकता राखेको बताउ“दै उपप्रमुख सत्यालले हाल भइरहेको प्रगति विवरण बारे जानकारी दिनुभयो ।

सो अवसरमा सांसद् कृष्णलाल महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी लगायतले बोल्नुभएको थियो । वि सं. १९७५ सालमा ‘पाटन सवाल’ बाट ‘छेमडोल अड्डा नै नगरपालिकाको प्रारम्भिक स्वरुप थियो।यसलाई नै वि. सं. २००९ सालमा ललितपुर नगरपालिका नामाकरण गरिएको थियो।