कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने संकेत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने संकेत देखिएको छ । कांग्रेस महासमिति विधान संशोधन मस्यौदा समितिले १४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर, यसलाई १५१ बनाउने तयारी भइरहेको बताइएको छ ।

यसमा सहमति जुटेमा ६० प्रतिशत खुलाबाट चुनिनेछन् भने ४० प्रतिशत आरक्षणबाट आउनेछन् । महिलालाई ३३ प्रतिशत आरक्षण र अरुलाई जनसंख्याका आधारमा आरक्षण कायम गर्न नेताहरु सहमति नजिक पुगेका छन् । तर, पदाधिकारीको निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । एक नेताका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री २÷२÷२ राख्ने सहमति भएको छ ।

तर, सभापति शेरबहादुर देउवा पक्षले एकएक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित हुनुपर्ने अडान राखेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै मनोनित हुनुपर्ने अडान लिएका छन् । ए

पदाधिकारीको निर्वाचन पद्धतिलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक साँझ ७ बजेका लागि फेरि बोलाइएको छ ।