व्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीबाटै

0
Shares

धनवीर दाहाल, रुकुम पुर्व ।
स्थानीय तहहरु प्रबिधिलाई अधिकतम प्रयोग गर्दै दैनिक कामहरु छिटो छरितो गर्नमा प्रयास गरिहेका छन् । यसै क्रममा रुकुम पुर्वको सिस्ने गाँउपालिकाले पनि पहिलो पटक अनलाइन प्रणाली मार्फत पञ्चीकरणको काम थालेको हो ।
गाँउपालिकाको ५ न वडा कार्यालयले अनलाइन बाट ब्यतिगत घटना दर्ताको सुरुवात गरेको हो । जिल्लामै पहिलो पटक यस्तो व्यवस्थाको सुरुवात भएको र सबै भन्दा पहिला ५ नं वडा कार्यालय बाट गरिएको सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमला रोका श्रेष्ठले जानकारी दिनुभयो ।

यो प्रणाली प्रयोगमा ल्यायसँगै अब ५ न वडा भित्र बसोबास गर्ने हरेक नागरिकले डिजिटल जन्म दर्ता, बिबाह दर्ता,मृत्यु दर्ता र ब्यक्तिगत घटना दर्ता प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष शान्ते बहादुर बि क ले जानकारी दिनुभयो ।

“यस अघि वडाका विभिन्न प्रमाणपत्र तथा महत्वपूर्ण कागजात हराउने च्यातिने डर हुन्थ्यो” वडा अध्यक्ष बि क ले भन्नुभयो “अब अनलाइन बाट यी सेवा सुरु गरेपछि वडाका विभिन्न अभिलेखहरु राख्न सजिलो हुने भएको छ ।”
वडा अध्यक्ष बि क का अनुसार यस अघि ५ न वडा भित्रका हरेक नागरिकले जन्म दर्ता बिबाह दर्ता मृत्यु दर्ता ब्यक्तिगत घटना दर्ता लगायत विभिन्न सिफारिस हस्त लिखित पाउदै आएका थिए ।

तर अब देखि भन्ने ५ न वडाका हरेक नागरिकले यी सबै सेवा अनलाइन प्रणाली मार्फत अर्थात कम्प्युटर बाट डिजिटल प्रमाणपत्र प्राप्त गर्ने छन ।

यो व्यवस्था सुरु गरेको पहिलो दिनमै ५ न वडाका सिरिया परियार र इश्वरी बि क ले सेवा लिइसकेका छन । वडा बासीको आवश्यकता तथा बदलिदो समय लाई ध्यानमा राखी अनलाइन व्यवस्था प्रयोगमा ल्याइएको वडा अध्यक्ष बि क को भनाइ रहेको छ ।

व्यक्तिगत घटना दर्ता कार्यक्रम लाई सिस्ने गाउँपालिकाका ८ वटै वडामा क्रमिक रुपमा सञ्चालन गरिने सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमले जानकारी दिनुभयो ।