नेकपा स्थायी समिति बैठक सुरु, अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेबाट सुरु भएको बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वयले संयुक्तरुपले प्रतिवेदन पेस गरेपछि अध्ययनका लागि समय दिइएको थियो । प्रतिवेदनको अध्ययन सकाएका नेताहरुले आज त्यसबारे आफ्नो धारणा राख्दैछन् ।

त्यस्तै, नेता वामदेव गौतमले पेश गरेको अलग प्रतिवेदनबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ । गौतमले पार्टी सुदृढ बनाउन विभिन्न प्रस्तावहरु पेस गरेका छन् ।