बिहे भोज खान गएका ३ जना मृत भेटिए

0
Shares

धनवीर दाहाल, रुकुम ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ जुम्लाबाङमा बिहे भोज खान गएका तीनजना मृत फेला परेका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नं १२ का २१ वर्र्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका–९ का ६३ वर्र्षी खम्मु कामी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय अमर बिकको छोरा बिहेमा गएका उनीहरु सुतेको स्थानमै सोमबार बिहान मृत फेला परेका हुन् । घटनाबारे स्थानीयले जानकारी गराएपछि जिल्ला प्रहरी प्रमुख सुमित खड्का नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको छ । मृत्यु के कारणले भएको भन्ने खुल्न नसकेको बताइएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।