अव मुलुक शान्ति र समृद्धिको बाटोमा: प्रचण्ड

0
Shares

कविराज नेपाल, पाल्पा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको निर्माण र स्थिर सरकार पछि अव मुलुक शान्ति र समृद्धिको बाटोमा अघि वढिरहेको वताएका छन ।र्
मुलुकमा स्थिर सरकार छ संविधान वनिसकेको छ अव नया सङ्कल्पका साथ अगाडि बढन जरुरी छ –’उनले भने ‘ अव देश र जनताको समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको छ ’ ।

पूर्वी पाल्पाको रामपुरमा आइतवानर रामतुलसी माविको स्वर्ण जयन्तीको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको दावी समेत गरे ।
उनले केही समय काममा गतिशिलता नदेखिए पनि अव सरकार जनताले अनुभव गर्नेगरी विकासका कार्यका साथ अघि वढने प्रतिवद्धता व्यक्त गरे । देशमा शान्ति ल्याउन एक दशक समय लागेको थियो अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने उनको भनाइ थियो ।

पाल्पाको समग्र विकासका साथै पूर्वी पाल्पामा रहेको रामपुर क्षेत्रको विकासका लागि आफ्नो पयत्न जारी रहने वताउदै अध्यक्ष प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भए पनि उपयुक्त ढाँचाका कारण रोकिएको हँुदा पुल पुनःनिर्माणका लागि तीव्रता दिइने बताउदै पूर्व प्रधानमन्त्री प्रचण्डले रामपुरले सिङ्गो नमूना शहरका रुपमा विकास हुने प्रशस्त सम्भावना बोकेको र यस नगरलाइ सोही अनुरुप अघि वढाउन जरुरी रहेको धारणा व्यक्त गरे ।

उनले यस विद्यालयमा सबैको माग आङ्गिक कलेज स्थापना गर्ने भएको हँुदा आफूले सहयोग गर्ने बचन समेत सो अवसरमा दिए ।
स्वर्ण महोत्सव कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीव्रता दिने बताए ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरको विकास र आवश्यकताबारे जानकारी गराउदै पूर्वी पाल्पाको विकाससँग रामपुरको विकास जोडिएको तर्क गरे ।