काठमाडौं, नेस ।
ग्रामीण विकास केन्द्र (आरडीसी) ले ११ विपन्न परिवारलाई व्यवसायको लागि करीव बीस लाख रुपियाँको सहयोग गरेको छ ।
रौतहटमा केन्द्रीय कार्यालय रहेको संस्थाले पश्चिम एशियाली दाता संस्था कतार च्यारिटीमार्फत् प्राप्त सहयोग विपन्न परिवारलाई वितरण गरेको
आरडीसीका अध्यक्ष पारस हुसैनले बताउनु भयो ।
केन्द्रले काठमाडौं नैकापका गोपाल रोक्का, सतुंगलका भिमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार गुरुङ, मोहम्मद फिरोज, बुढानिलकण्ठका अनिता थापामगर र ललितपुर चापागाँउकी रेणु गिरी, पञ्चकुमारी राई, खोकनाका मोते मियालाई खुद्रा किराना पसल खोल्न जनही एकलाख ८० हजार बराबरको सहयोग हस्तान्तरण गरेको संसथाले जनाएको छ ।
उनीहरुलाई उक्त रकम बराबरको किराना सामग्री वितरण गरिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद् अतहर कमाल मुसलमानले कतार च्यारिटीको सहयोगको प्रशंसा गर्नु हुँदै सहयोगको उपयोग गर्नको लागि शुभकामना दिनु भएको थियो
।
कार्यक्रममा कतार च्यारिटीका नेपाल प्रतिनिधि अब्दुल अजिज इस्लामिक रिलिफका नेपाल निर्देशक तलाह जमाल, मुस्लिम अधिकारकर्मी मो. मकसुद राँकी, विश्व शिक्षाका समिन अख्तर, समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले कार्यक्रममा सहभागीता जनाउनु भएको थियो ।
कतार च्यारिटी र इस्लामिक रिलिफले सन् २०१५ देखि नेपालमा सहायता परियोजनाहरु संञ्चालन गरि सहयोग गँदै आएको छ ।











प्रतिक्रिया