डोटीका युवा काम खोज्न भारततिर, गाउँमा बृद्ध बृद्धा मात्रै

0
Shares

विमल बिष्ट, डोटी ।
गाउघरमा काम नपाउने भएपछि डोटीका ग्रामिण क्षेत्रका अधिकंस युवाहरु अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लाग्न थालेको स्थानियबासीहरु बताउछन् ।

पारिवारिक भेटघाट तथा दशै तिहार मनाउन भारतबाट रोजगारी गरेर आफनो गाउँ फर्केका जिल्लाका अधिकांश युवाहरु यतिबेला हरेक दिन दजर्नौको संख्यामा छिमेकी मुलुक भारत लगायत नेपालका बिभिन्न ठाउहरुमा रोजगारीका लागि जान थालेका छन् । युवाहरु रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले यहाँका गाउँ घरमा बृघ बृद्धा र स साना केटाकेटी तथा महिलामात्रै रहेको केआईसिंह गाउपालिका १ जमलकटियाका स्थानिय चेतराज भट्टले बताउनु भयो । ‘गाउमा रोजगारी नपाएपछि युवाहरु भारत तिर गएका छन् गाउमा केटाकेटी,महिला र बृद्धहरु मात्रै छन् उहाँले भन्नु भयो ‘गाउ घर त प्राय युवा बिहिन र सुनसान हुदै छन् ।’

कामका लागि छिमेकी मुलुक भारत जानेमा अधिकांस पढेलेखेका युवाहरु पनि रहेको स्थानियबासीहरु बताउछन् । सिंहदरबारको अधिकार स्थानीय सरकार अन्तर्गत् गाउँमा आएको नारा नारामै मात्र सीमित भएको आभास भएपछि घरपरिवार त्यागेर भारततिर जानुपर्ने बाध्यता भएको बोगटान गाउपालिका १ का स्थानिय मनीराम विकले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो ‘गाउ गाउमा सिंहदरबार आएर के गर्नु हामीले काम पाएनौ,काम खोज्न भारत पस्यौ ।’

गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता भएको कामका लागि भारत जानेहरुको भनाई छ । पछिल्लो समय डोटी बाट दिनहुँ दजर्नौको संख्यामा युवाहरु भारत पलाए हुन थालेपनि त्यसको रोकथामम तथा रोजगारीका लागि कसैले पनि पहल नगरेको स्थानियको आरोप छ ।

युवाहरु भारत पलाएन भएपछि गाउमा रहेका बृद्ध बृद्धा र केटाकेटीहरुलाई स्याहार सुहार गर्ने मान्छेपनि नभएको बडिकेदार गाउपालिका १ का स्थानिय बमबहादुर कलेलले बताउनु भयो । उहाँले भन्नु भयो ‘युवाहरु भारत पलाएन भए,गाउमा बुढापाकालाई केही भईहालेपनि अस्पताल सम्म पु¥याउने मान्छे छैनन् ।’ यहाँका स्थानियहरु कामका लागि भारतको पञ्जाब, बरेली, सिम्लापहाड, लुधियाना, हिमान्चल प्रदेश, बम्बै, कलकत्ता लगायतका ठाउहरुमा जानेगरेको स्थानियबासीहरु बताउछन् ।