काठमाडौँ ।
भारतको कोलकोता समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । भारतीय प्रहरीले बिषेश सुचनाको आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायव भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनको बारेमा अनुसन्धान शुरु गरेको हो ।
नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले समातिएको सुनको बारेमा अनुसन्धान शुरु गरेको जानकारी दिनु भएको छ । गृहमन्त्रालयले सुनको बारेमा गठन गरेको समितिले अनुसन्धान गरिहरेको बेला नेपाल प्रहरीले पनि उक्त सुनको बारेमा अनुसन्धान शुरु गरेको हो ।
भारतमा सुन सहित पक्राउ परेका २ जना नेपाली नागरिकको कनेक्सन यस अघि ३३ किलो सुनका मुख्य नाइके चुडामणि उप्रेती गोरेका सहयोगी भएको आशंकामा नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका ब्यक्ती गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइ सकेको प्रहरीका एक उच्च अधिकारीले न्युज अफ नेपाललाई जानकारी दिएका छन । भारतमा सुन समातिएपछि नेपालका सुन तस्करहरुको सातो गएको पनि ती अधिकारीले न्युजअफ नेपालालाई जानकारी दिएको छ ।
यता उच्च स्तरीय छानवीन समितिले गोरे र भारतमा पक्राउ परेका सुनसरीका राकेशप्रसाद र हेमकुमार शर्माको सम्वन्धको बारेमा खोजबीन शुरु गरेको छ । बिराटनगर जेलमा रहेका गोरेलाई पुन अनुसनधानको दायरामा ल्याएर सोधपुछ शुरु गरेको छ । गोरेको बयानको आधारमा भारतमा पक्राउ परेका ती नेपाली नागरिकलाई कुटनीतिको माध्यमबाट नेपाल झिकाउने तयारी पनि सरकारले गरेको छ ।
यता ‘गोरे’ को नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल सुनको अवैध कारोबार गरेको समितिले निष्कर्ष निकालेको थियो । अघिल्लो वर्ष माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप लागेको थियो । यसबारे छानविनका क्रममा पूर्वडिआईजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका थिए । उनीहरू अहिले अदालतबाट छुटिसकेका छन् ।











प्रतिक्रिया