पर्यटक यकिन तथ्यांक र पर्यटन क्षेत्रको योगदान पहिचान गर्न ‘स्याटलाइट अकाउन्टिङ सिस्टम’ लागू गरिँदै

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पहिचान गर्न तथा पर्यटक यकिन तथ्यांक राख्नको लागि ‘स्याट्लाइट अकाउन्टिङ सिस्टम’ लागँ गर्ने भएको छ । आगामी जनवरी १ तारिखदेखि लागँ गर्ने गरी सरकारले ‘स्याटलाइट अकाउन्टिङ सिस्टम’ लागँ गर्ने गृहकार्य थालेको हो ।

चालँ आर्थिक वर्षभित्रै उक्त प्रणाली लागँ गरेर एक वर्षभित्रै परिणाम निकाल्ने गरी मन्त्रालयले तयारी गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभयो।

उक्त प्रणाली लागँ भएपछि अर्थतन्त्र र कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानको सही तथ्यांक प्राप्त हुने उहाँको दाबी छ। यस वर्ष १० लाख पर्यटक नेपाल आएको सन्दर्भमा नेपाल पर्यटन बोर्डले आयोजान गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले जनवरी १ तारिखबाटस्याटलाइट अकाउन्टिङबाट नेपाल भित्रिने पर्यटकको आँकडा राख्न शुरु हुने बताउनु भएको हो ।

‘यस प्रणालीबाट संकलन गरिएको तथ्यांक सार्वजनिक हुने बित्तिकै मुलुकभित्र सबैभन्दा बढी रोजगारी सिर्जना गरिरहेको क्षेत्र पर्यटन हुने खुलासा हुने मन्त्री अधिकारीले दाबी गर्नुभयो ।

उहाँले पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान पु¥याउने गरी मन्त्रालयको काम गरिरहेको समेत बताउनुभयो। पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादनमा कति मात्रामा योगदान रहेको छ भन्ने पहिचान गर्न सरकारले तयारी थालेको बताउनुभयो। हाल पर्यटन क्षेत्रको २ दशमलव ८ प्रतिशतमात्र योग्दान रहेको छ। त्यसमा होटल, ट्राभल, ट्रेकिङ आदि रहेका छन्।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रबाट नेपालले गुणात्मक फड्को मार्न नसकेको बताउँदै सरकार तीव्र पँर्वाधार विस्तारमा लागेको प्रस्ट पार्नुभयो। निजी क्षेत्रको सहकार्यबाट नै सरकारले आर्थिक विकास गर्न सम्भव रहेकाले उक्त निजी क्षेत्रसँग सहकार्य गरेरै अगाडि बढ्ने उहाँको धारणा छ।

‘१० लाख पर्यटक पँरा हुनुनै आगामी वर्षमा अर्को १० लाख पर्यटक बढेर जाने आधार तय भएकोछ, यो सफलतासँगै थप पर्यटक भित्रिनेछन् ।’
निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन उद्योग सफल हुने बताउनु हँुदै उहाँले आफ्नो क्षेत्रबाट सबैले कटिबद्ध भएर लाग्न समेत निर्देशन दिनु भएको छ ।

उक्त प्रणाली लागू गर्न मन्त्रालयले तीव्र तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘पर्यटन क्षेत्रभित्रका विभिन्न कार्यक्रम राखी यो प्रणाली अगाडि बढाउन लागिएको छ।’ उहाँका अनुसार यो मँल्यतः पर्यटन क्षेत्रबाट कति योगदान भएको छ भनेर गणना गर्ने पद्दति हो। केही प्रविधिक सर्वे पँरा गरेपछि यसको गणना शुरू हुनेछ । पर्यटन क्षेत्रबाट अहिले अर्थतन्त्रमा बढीजसो होटल र ट्राभलबाट मात्र योगदान गइरहेको अवस्थामा उक्त क्षेत्रभित्रकै अन्य क्षेत्रलाई मुलुकको अर्थतन्त्रसँग जोड्नका लागि सर्वे गर्न लागिएको उपाध्यायको भनाइ छ। यसका लागि एक दर्जनभन्दा बढी सर्वे पँरा गर्नुपर्ने उहाँले बताउनुभयो छ ।

विभिन्न चरणमा सर्वे गर्नुपर्ने भएकाले गणना प्रक्रिया शुरु गर्न समय लाग्ने तर यही आर्थिक वर्षबाट नै काम शुरु हुने मन्त्रालयको भनाइे छ ।
मन्त्रालयले सचिव कृष्णप्रसाद देवकोटाको संयोजकत्वमा ५ सदस्यीय समितिसमेत गठन गरी काम शुरु गरेको छ। समितिमा मन्त्रालयकै योजना महाशाखाका सहसचिव, नेपाल राष्ट्रि बैंकका प्रतिनिधि, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सदस्य–सचिव रहेका निर्देशन समितिले छ ।

त्यस्तै प्रविधिक समितिमा नेपाल पर्यटन बोर्डका निर्देशक काशिराज भण्डारीको संयोजकमा ४ सदस्य रहेका छन् । मन्त्रालयका उपसचिव, राष्ट्र बैंक र केन्द्रीय तथ्याङक विभागका एक एक प्रतिनिधि रहेका छन् । संयोजक भण्डारीले सर्वेका लागि काम भइरहेको बताउनुभयो।संयुक्त राष्ट्रसंघको बल्र्ड टुरिजम अर्गनाइजेसनसँगको सहकार्यमा आन्तरिक पर्यटकको लगत संकलन गर्ने योजना रहेको निर्देशक भण्डारीले बताउनुभयो ।

बोर्डले पर्यटकको प्रारम्भिक र सेकेन्डरी तथ्यांक संकलन गरी विश्लेषण गरिसकेको छ । नेपालमा आउने पर्यटक र आन्तरिक पर्यटकको लगत राखेर ती पर्यटकको भ्रमण खर्चका बारेका राष्ट्र बैंकको सहकार्यमा तथ्यांक राख्ने योजना रहेको छ ।

सन् २०२० सम्ममा कुल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योग्दान पु¥याउने लक्ष्यका साथ काम गरिरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी त्यस अवधिमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ।

सरकारले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७५÷७६ को बजेटमा समेत पहिला देश अनि विदेश भन्ने नारा ल्याएर आन्तरिक पर्यटन विस्तारका लागि एक सय नयाँ गन्तव्यको विकास गर्न केही समय अघि मन्त्रालयले ति गन्तव्यहरुको छनोट समेत गरिसकेको छ । सन् २०१८ को ११ महिनामा १० लाखभन्दा बढी पर्यटककले नेपाल भ्रमण गरेका छन् ।