बैतडी, (नेस) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको आवशयकतालाई आधारमा मात्रै विकास निर्माणका काम अगाढी बढाईएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ शाखा बैतडी र रेडियो सेभेनस्टारले शनिवार खोडपेमा आयोजना गरेको पत्रकार सम्मलेनमा उहाँले यस्तो बताउनुभएको हो ।
संघियताको नयाँ अभ्यासमा रहेकोले हेही ढिलाई भएको भन्दै मुख्यमन्त्री भट्टले सवैका माग पुरा हुने दावी गर्नुभयो । पहिलो ९ महिनाको अवधि सिकाईमै बितेकोले अब सबै क्षेत्रको विकास हुने उहाँको भनाइ थियो ।
कर्मचारी अभाव तथा कानुनको अभावमा सबै काम गर्न नसकिएको अवस्था रहेको स्मरण गराउदै मुख्यमन्त्री भट्टले चालु आर्थिक बर्षदेखि सबैको आवश्यकतालाई ध्यानमा राखेर प्रदेश सरकार अगाडी बढ्ने स्पष्ट पार्नुभयो ।
यसैबिच मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभएयो । पाटन नगरपालिका ९ स्थित विजयपुुरमा रहेको ज्ञानेश्वर माविको ४४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गदै उहाँले शैक्षिक गुणस्तर सुधारका लागी अभिभावक स्वयं आफुले जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
सबैभन्दा कान्छो सुदुरपश्चिम प्रदेश सरकार नै भएको बताउदैँ अब केहि समयमै प्रदेश सरकारले गरेका कामको परिणाम देखिने बैतडी प्रदेश सभा (क) बाट निर्वाचित प्रदेशसभा सांसद प्रेम प्रकाश भट्टले दावी गर्नुभयो ।











प्रतिक्रिया