कालिकोट, (नेस)
जिल्लाका स्थानीय तहहरुमा प्रारम्भिक बालबिकास तथा एकीकृत रणनीति योजना निमार्ण हुने भएको छ । सेभ द चिल्डे«न र सेतो गुराँ बालविकास सेवा कालिकोटको सहजिकरण तथा जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबार आयाजित कार्यक्रमा प्रारम्भिक बालबिकास तथा एकीकृत रणनीति योजना निमार्णका विषयमा छलफल छलफल भएको हो ।
कार्यक्रममा सहभागिहरुले जिल्लाका बालवालिकाहरुका समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नीति तथा योजना निमार्ण गरी लागु गर्नु पर्नेमा जोड दिएका छन् । नरहरिनाथ गाउँपालिकाले एस अघिनै नीति तयार गरि सकेको छ भने शुभकालिका,तिलागुफा र शान्नि त्रीवेणि गाउँपालिकाको राणनीति बन्ने भएको छ ।
योजनामा शिशु बालवालिकाहरुको सामाजिक,शारिरिक,संवेगात्मक र बौद्धिक बिाकस समेटिने सेतो गुरास बालविकास सेवा कालिकोटका अध्यक्ष मिठ्ठु शाहीलाई बताउनुभयो । उहाँका अनुसार रणनीतिमा बालविकास केन्द्रको भौतिक व्यवस्थापन,अनिवार्य पहुँच,बालवचाउ,पोषण र सरसफाइ,सुरक्षा संरक्षण,बालबचाउ सम्वन्धि समावेश गरिनेछ ।











प्रतिक्रिया