ज्यान मार्ने उद्योगमा ३ जना पक्राउ

0
Shares

बारा ।
ज्यान मार्ने उद्योग मुद्दाको आरोपमा प्रहरीले बारामा कांग्रेसका एक सहित दुई स्थानीय कार्यकर्तालाई शनिवार पक्राउ गरेको छ । प्रहरीले पचरौता नगरपालिका–७ बेनौली गाउ“का जलन्धर सिंह र नेपाली का“ग्रेसका प्रभु पटेललाई पक्राउ गरेको हो ।

प्रधानमन्त्री कृषि परियोजना सिम्रौनगढ माछा सुपर जोनको सञ्चालक समितिको अधिवेसनमा सहभागी हुने क्रममा दुबैलाई मौवाही गाउ“बाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रंजितसिंह राठौरले बताए ।

माछा सुपरजोनका सञ्चालक समितिका पुर्वअध्यक्षसमेत रहेका सिंह पचरौता नगरपालिकामा तत्कालीन माओवादीको तर्फबाट मेयरको उम्मेदवार थिए । पछि माओवादी पाटी्र्र्र परित्याग गरी प्रदेश सभा सदस्यमा स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए । दुबै चुनावमा उनले सम्मानजनक मत ल्याएका थिए । त्यस अघि सिंह वीरग्रंजस्थितट ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियू सभापति थिए । स्ववियू चुनावमा पनि उनी स्वतन्त्रबाट उठेर चुनाव जितेका हुन । सिंह जिल्लाका प्रसिद्ध माछा व्यवसायी पनि मानिन्छन ।

यसैगरी पक्राउ परेका पटेल नेपाली का“ग्रेसको जिल्ला कार्यसमितिमा सचिव प्रत्यासी उम्मेदवार थिए । नेविसंघका पुर्व केन्द्रीय सदस्यसमेत रहेका उनी का“ग्रेस बारा क्षेत्र नम्बर २ क्षेत्रीय समितिका सदस्य पनि हुन् ।

गत कात्र्तिक ५ मा पचरौता नगरपालिकामा अस्पताल बनाउने विषयमा दुई पक्षबीच झडप हु“दा घाइते पचरौता नगरपालिका–४ का रमेश यादव र नवलकिशोर यादवले दिएको जाहेरीको आधारमा दुबैलाई प्रहरीले पक्राउ गरेको हो ।

दुबैको टाउकोमा गम्भीर चोट लागेको थियो । पीडितले पक्राउ परेका दुबै आरोपितमाथि प्रहरीमा किटानी उजुरी दिएका थिए । नगरप्रमुख रमेश यादवलाइ्र्र अस्पताल बनाउनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन आउने क्रममा सिंह र पटेल नेतृत्वको टोलीले बेनौलीमा बाटो छेकेर आक्रमण गरेको थियो । दुई पक्षबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले १ दर्जन भन्दा बढी अश्र्ु ग्यास र हवाइ फायर समेत गर्नु परेको थियो ।

सुपरजोनमा रामकिशोर

यसैबीच प्रधामन्त्री कृषि परियोजनाअन्तर्गतको माछा सुपर जोनको शनिवार भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा रामकिशोर यादव निर्वाचित भएका छन् । यादव गत बर्षको चुनावमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको सदस्य पदमा राजपाबाट उम्मेदवार थिए ।

निर्वाचन प्रक्रियाबाट चयन भएको नौं सदस्यीय सञ्चालक समितिको उपसंयोजकमा किशोरीपसाद यादव, सचिव ओमप्रकाशप्रसाद कुसवाहा, सहसचिव बबिता गुप्ता निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरु ललनप्रसाद यादव, अशोककुमार सहनी, श्यामसुन्दर कुसवाहा, रामकुमारी देवी र सोनिया देवी साह निर्वाचित भएका हुन् ।