पुष्कर बुढाथोकी, भक्तपुर ।
चाँगुनारायण नगरपालिका–२ दुवाकोट चोकमा शनिबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
दुवाकोटबाट नारायणटार जादै गरेको बा ४३ प ६५४० नं.को मोटरसाईकल आफै अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिंदा एक पैदलयात्रुको ज्यान गएको हो । ठक्करबाट ज्यान गुमाउँनेमा मोरङ घर भई भक्तपुर राधे राधे बस्ने बर्ष ४० की प्रमिला गौतम रहेको प्रहरीले जनाएको छ ।
घाईते गौतमलाई उपचारको लागी के.एम.सी. अस्पताल दुवाकोटमा लगिएकोमा उपचार हुन नसकेपछि न्युरो अस्पताल बाँसबारी लगिएको थियो । गौतमको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल र चालक भक्तपुर चाँगुनरायण नगरपालिका–२ दुवाकोट बस्ने बर्ष २२ को अलिस खर्बुजालाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको राखिएको महानगरीय प्ररही परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । दुर्घटनाका बारेमा थप अनुुसन्धान भइरहेको उहाँले बताउनुभयो ।











प्रतिक्रिया