विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा शनिवार नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् ।
सुर्नया गाउँपालिका ७ पत्थरकोटमा २५ बर्षीय लोकेन्द्र कुवरले ८४ बर्षका बाजे गगन कुवर र ७६ बर्षकी बज्यै नारु कुवरका हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।
लोकेन्द्र आज बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर बाजे र बज्यैको हत्या गरेको हो । लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको र उनलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।











प्रतिक्रिया