विनोद सिंह विष्ट, बैतडी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको आवशयकतालाई आधारमा मात्रै विकास निर्माणका काम अगाढी बढाईएको बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा बैतडी र रेडियो सेभेनस्टारले शनिवार खोडपेमा आयोजना गरेको पत्रकार सम्मलेनमा उहाँले यस्तो बताएका हुन् ।
संघियताको नयाँ अभ्यासमा रहेकोले हेही ढिलाई भएको भन्दै मुख्यमन्त्री भट्टले सवैका माग पुरा हुने उद्द्धोष गरे । पहिलो ९ महिनाको अवधि सिकाईमै बितेकोले अब सबै क्षेत्रको विकास हुने बताए । कर्मचारी अभाव तथा कानुनको अभावमा सबै काम गर्न नसकिएको अवस्था रहेको स्मरण गराउदै उनले चालु आर्थिक बर्षदेखि सबैको आवश्यकतालाई ध्यानमा राखेर प्रदेश सरकार अगाडी बढ्ने बताए ।
सुदूरपश्चिम प्रदेश कृषि, जलश्रोत, पर्यटन, तथा जडीबुटीको थुप्रै सम्भावना रहेकोले सम्बृद्ध प्रदेश बन्ने विश्वास व्यक्त गरे ।
यस प्रदेशमा बेरोजगारीको समस्या रहेकोले सुदूरपश्चिम प्रदेश सरकारले युवालाई युवाहरुलाई सहुलियत रुपमा ऋण दिन कार्यक्रम ल्याउने तयारी थालेको जानकारी गराए ।
यसैबिच मुख्यमन्त्ती भट्टले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक रहेको बताए । पाटन नगरपालिका ९ स्थित विजयपुुरमा रहेको ज्ञानेश्वर माविको ४४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गदै उनले शैक्षिक गुणस्तर सुधारका लागी अभिभावक स्वयं आफुले जागरुक हुनुपर्नेमा जोड दिए।
युग सुहाउँदो शिक्षा अहिलेको आवश्यकता रहेकोले उनले व्यवहारिक शिक्षा हुनुपर्नेमा जोड दिए ।
सबैभन्दा कान्छो सुदुरपश्चिम प्रदेश सरकारनै भएको बताउदैँ उहाँले अब केहि समयमै प्रदेश सरकारे गरेका कामको परिणाम देखिने बैतडी प्रदेश सभा (क) बाट निर्वाचित प्रदेशसभा सांसद प्रेम प्रकाश भट्टले बताए । यस बर्ष मात्रै बैतडी जिल्लामा १ अर्ब बढी बजेट प्रदेश सरकारका तर्फबाट बिनियोजन भई कार्यान्वयनमा रहेकाले बिकास निर्माणमा प्रदेस सरकारले महत्वपुर्ण भुमिका निभाईरहेको बताए ।











प्रतिक्रिया