विश्व विद्यालयमा प्रिन्सिपलको मनोमानी: विद्यार्थी न्यून, शिक्षक नियुक्ति ज्यादा

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्विद्यालयमा प्रिन्सिपलको मनोमोनी अनुरुप शिक्षक र कर्मचारी नियुक्त गरिएका छन् । मानविकि संकायको इकोनोमिट्री बिषयकालागि आवश्यकता भन्दा बढि शिक्षकहरुलाई प्रावधान र प्रकृया मिचेर नै प्रिन्सिपल भुपेन्द्र बिष्टले नियुक्त गरेका हुन् । लामो समय देखि विश्वविद्यालयमा शिक्षक र कर्मचारीको अभाव रहेका बेला प्रिन्सिपल बिष्टले मनोमानी ढङ्गले शिक्षक नियुक्तिका प्रकृया नै पुरा नगरी नियुक्त गरेको पाइएको छ ।

परिक्षा आउन पन्ध्र, सोह्र दिन मात्रै बाँकि रहेका बेला प्रिन्सिपल बिष्टले इकोनोमिट्री बिषयका लागि शिक्षक चाहिने भन्दै आफु निकटका ४ जना शिक्षकहरु लाई नियुक्त गरेको एक स्रोतले बताएको छ । ५ जना विद्यार्थी रहेको कक्षाका लागि ४ जना शिक्षक नियुक्त गरिएका छन् । नियुक्त गरिनेहरुमा निशा भट्ट, यज्ञराज उपाध्याय, भक्तराज भट्ट र मोहन साउद रहेका छन् ।

विश्व विद्यालयमा शिक्षक तथा कर्मचारी आवश्यक परेमा सूचना निकालेर ३५ दिन सम्म म्याद राख्नुपर्ने प्रावधान रहेको छ । तर महिनौ देखि शिक्षक र कर्मचारी अभाव रहेको विश्व विद्यालयमा विद्यार्थीहरुले पटक पटक शिक्षक माग गर्दा समेत माग पुर्ति नगरी परिक्षा आउन केबल १५÷१६ दिन बाँकि रहदाखेरी मनपरी ढङ्गले शिक्षक र कर्मचारी नियुक्त गरिएको अनेरास्ववियुका नेता कमल रोकायाले बताए ।

उनले भने ‘हामीले पटक पटक प्राध्यापक र कर्मचारी समयमै राख्नुहोस् । विद्यार्थीहरुलाई पढाईमा बाधा हुदैछ भनेर भन्दा पनि केहि लागेन र अहिले आफ्नो मर्जीले प्रकृया र प्रावधानलाई लत्याउदै रातारात प्राध्यापक र कर्मचारी नियुक्त गर्नु गलत हो ।’

बिभिन्न पटक शिक्षक र कर्मचारीको आवश्यकता परिपुर्ती गरिनु पर्ने भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी समेत गर्दै आएका थिए । शिक्षकको अभावमा पनि तालाबन्दी गरिएको थियो भने फेरी असक्षम र प्रक्रिया नपु¥याई शिक्षक नियुक्त गरिएको भन्दै विश्व विद्यालयमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त तालाबन्दी जारी रहेको छ ।

शिक्षकलाई भाग बण्डा गरिएर राखीएको कर्मचारी स्रोतले बताएको छ । अघिल्लो शुत्रबार सम्म २ जना मात्रै नियुक्त गरिएको तर विभिन्न भागबण्डा नमिल्दाखेरी सोमबार थप २ जना शिक्षक समेत नियुक्त उक्त स्रोतले बताएको छ । तर विश्व विद्यालयका प्रिन्सिपल बिष्ट भने कुनै भागबण्डाका आधारमा नभई आवश्यकताका आधारमा नियुक्त गरिएको बताउछन् ।

अहिले विश्वद्यिालयमा राखिएका शिक्षकहरु पुर्णकालिन करार नभई पार्ट टाईमका लागि मात्रै राखिएकोले कुनै सूचना अर्थात प्रावधानमा जानु नपर्नेे बताउछन् । तर बिष्ट शिक्षक नियुक्तिको बिषयले औधी विवादमा तानिएका छन् । यो भन्दा अगाडि पनि प्रिन्सिपल बिष्ट धेरै पटक एकलौटी अर्थात मनोमनी ढङ्गले निर्णय गरेको भन्दै विवादमा आउने गरेका थिए ।