लामो यात्रा तय गरी बालकले सिन्धु भेटे

0
Shares

नयाँदिल्ली,(एजेन्सी)
उत्तरी भारतिय राज्य पन्जावका एकजना सात वर्षिय बालकले आफुलाई निकै मनपर्ने क्रिक्रेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिन्धुको अटोग्राफ लिन आफु्नो घरबाट २ सय ८० किलो मिटर लामो बाटो यात्रा तय गरेको शुक्रवार भारतिय संचार माध्यमले जनाएको छ।

वारिस ढिल्लोनले कारमा राखेर चन्दिगड शहरमा रहेका आफ्नो आदर्श व्यक्तित्व सिन्ुधलाई भेटाइदिन आफ्नो पितासंग रोइ कराइ गरेको बुझिएको छ। अन्तत सुनौलो रंगको ज्याकेट र रातो टाई लिएर चन्दिगड पुगेका वारिसले आफ्नो क्रिक्रेट ब्याटमा सिन्धुको हस्ताक्षर थाप्न छ घन्टा सम्म प्रतिक्षा गर्नुपरेको थियो। उनले विविसि पन्जावीका पत्रकार अरविन्द छाव्रालाई सिन्धु आफ्नो सबैभन्दा मनपर्ने क्रिक्रेटर भएको बताएका छन्।

पन्जावको तीनवटा मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सिन्धुको घर बाहिर थुप्रै पत्रकारहरूको उपस्थित माझ वारिसले शुक्रवार निकै धैर्यतापुर्वक सिन्धुसंग भेट्ने पालो पर्खेका थिए।

त्यहाँ उपस्थित भिड हटेपछि कसैले सिन्धुलाई एकजना फुच्चे उनको अटोग्राफ लिन घन्टौं देखि पर्खेर बसेको जानकारी दिएका थिए। त्यसपछि सिन्धुलो वारिसले ल्याएका दुईवटा क्रिक्रेट ब्याटमा हस्ताक्षर गर्नुअघि उनलाई अंकमाल गरेका थिए। वारिसले महनौंपछि आफ्नो इच्छा पुरा भएको र सिन्ुबाट निकै प्रभावित आफु पनि क्रिक्रेटर बन्न चाहेको बताएक छन्।