गुगलमा ट्रम्प र इडियट शब्दबीचको सम्बन्धका विषयमा पिचाइसँग सोधपुछ


वासिङटन (एजेन्सी)
लोकप्रिय सर्च इन्जिन गुगलमा अहिले अचानक सबैभन्दा धेरै सर्च अंगे्रजी शब्द ‘इडियट‘को भइरहेको छ । उक्त शब्द सर्च गर्दा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको तस्विर अगाडी नै देखिने भएकोले यो चर्चामा आएको हो ।
उक्त सर्चका विषयमा गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइसँग अमेरिकी सांसदहरुले एक सुनुवाईका क्रममा उठेको थियो । यसलाई गुगलको राजनितिक पक्षपातको उदाहरण भन्न सकिँदैन, भन्ने प्रश्न पिचाइलाई सोधिएको थियो । उनले त्यसलाई अस्विकार गरेका थिए ।

गुगल ट्रेन्डस् अनुसार हाल ‘इडियट‘ शब्द अमेरिकामा सबैभन्दा धेरै सर्च गरिएको शब्द हो । उक्त सुनुवाईमा रिपब्लिकन सांसद जो लोफ्ग्रेनले गुगलमा ‘इडियट‘ टाइप गर्दा राष्ट्रपतिको तस्विर किन देखिन्छ भन्ने प्रश्न सोधेका थिए ।
यसमा पिचाइले जवाफमा भनेका थिए– गुगलको सर्च नतिजा अर्बौं किवर्डको आधारमा आउँछ , जसलाई दुई सय भन्दा धरै तार्किक कार्यका आधारमा सुचिकृत गरिन्छ र जसमा प्रासंगिकता र लोकप्रियता पनि पर्छ ।

उनको जवाफमा सांसद लोफ्रेगनले भने – यसको अर्थ कुनै सानो ब्यक्ती कुनै पर्दा पछाडी लुकेर युजरलाई के परिणाम देखाउने तय गर्छ, त्यसतो हो ?
एक सांसदले आफनो पार्टीको हेल्थ केयर बिलको खबर खोज्दा उसले मात्र नकारात्मक खबर मात्र देखाउने गरेको विषयमा सोधेका थिए । यसको जवाफमा गुगल शब्दकै सर्च गरियो भने पनि सबैभन्दा पहिला नकारात्मक खबर पहिला देखाउने पिचाईले बताएका थिए ।

इडियट शब्द गीतसँग जोडिएको ‘इडियट‘ शब्द र राष्ट्रपति ट्रम्पको तस्विरको सम्बन्ध सबैभन्दा पहिला यसै बर्षमात्र अगाडी आएको थियो । केहीले यसको सम्बन्ध यसैबर्ष जुलाइमा ट्रम्पको बेलायत भ्रमणका बेला भएको विरोधसँग रहेको बताएका छन् ।

त्यतिबेला बेलायती प्रदर्शनकारीहरुले ‘अमेरिकन इडियट‘ नामको एक गीतलाई बेलायतमा म्युजिक चार्टमा शिर्ष स्थानमा पुर्याइएको थियो ।
त्यसपछि रेडिट वेबसाइटमा प्रयोगकर्ताहरुले त्यस सम्बन्धी लेख सामाग्री ब्यापक पोस्ट गरेका थिए, जसमा ट्रम्पसँगै इडियट शब्द लेखिएको थियो ।

यो वेबसाइटको सर्च इन्जिन डेटाबेसलाई प्रभावित गर्ने एक प्रयास थियो, जसलाई ‘गुगल बाम्बिङ‘ भन्ने गरिन्छ । सुनुवाइका क्रममा कयौं सांसदहरुलाई प्राविधिक जगतको धेरै जानकारी नभएको पनि ज्ञात भएको बताइएको छ ।
स्टिभ किंग नामका एक सांसदले सुन्दर पिचाइसँग उनकी नातिनीको आइफोन किन अनौथो गरि चल्छ भन्ने प्रश्न राखेका थिए । त्यसमा पिचाईले आईफोन गुगलले बनाएको होइन भन्ने जवाफ दिएका थिए ।