नबिल बैंकका कार्ड प्रयोगकर्तालाई ओम अस्पतालमा छुट

0
Shares

काठमाडौं, (नेस)
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ओम अस्पताल र अनुसन्धान केन्द्रमा छुट सुविधा पाउने गरी नबिल बैंक र ओम अस्पताल र अनुसन्धान केन्द्रबीच सम्झौता भएकोे छ ।


उक्त सम्झौता बमोजिम ओम अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट र सुविधा प्रदान गर्नेछ । ‘ग्राहकलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ओम अस्पतालसँंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ ।’ नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भन्नुभयो ।

‘नेपाली नागरिकलाई अधिक सेवा पु¥याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसँग सहकार्य गर्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ र यो सम्झौताले सेवामा हामी थप एक कदम अगाडि बढेको विश्वास गर्दछौं ।’ ओम अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले भन्नुभयो ।