सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकालाई सहयोग

0
Shares

काठमाडाैं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘हेल्पलेस चिल्डे«न होम’ कीर्तीपुर नगरपालिका– ६ चोभारस्थित आश्रमलाई सहयोग गरेको छ ।

उक्त आश्रममा अनाथ, असाहय, अपांग तथा विपन्न वर्गका बालबालिका करिब ३८ जना छन् जसको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपर्दाथ दिई आश्रमलाई सहयोग गरेको हो । बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हेल्पलेस चिल्डे«न होमका उपाध्यक्ष सुनिता साम्सोहाङलाई हस्तान्तरण गर्नुभएको थियो ।

टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुँदै

काठमाडौं, (नेस) नेपालको चर्चित रियालिटी शो टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले शुक्रबार कतारको दोहामा हुँदैछ ।
कार्यक्रममा टीभीएस अपाचे दि भ्वाइस अफ नेपालका फाइलिष्टहरु सीडी विजय, कुशल, सप्तक र श्रृजयले आफ्नो कला प्रस्तुत गर्नेछन जसको माध्यमबाट उनीहरुमध्ये एक जना टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको विजेता हुनेछ ।

चारै जना फाइनलिस्टमध्ये दर्शकहरुको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले २५ लाख रुपियाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गर्नेछन् । त्यस्तै २० लाख रुपियाँबराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउने छन् ।

टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल ग्रान्ड फिनालेमा फाइनलिस्टका साथै सेमीफाइनलमा पुगेका टप ८ प्रतियोगीले पनि आफ्नो प्रस्तुती दिनेछन् ।
कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार बेलुकी १० बजेदेखि शुरु हुने ग्रान्ड फिनाले नेपालमा कान्तिपुर टेलिभिजन र डिसहोमको रमाइलो टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ ।