लागू औषध कारोबार गर्ने ५ जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

लागू औषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरी टोलीले आइतबार लागु औषध खैरो हेरोईन र गाँजासहति पाँच जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला कैलाली लम्की चुहा नगरपालिका वडा नं. ११ का २४ वर्षीय सुरेन्द्र शाहलाई लागू औषध खैरो हेरोईन ९  ग्राम सहित काठमाण्डौको बानेश्‍वरबाट पक्राउ गरेको छ ।

साथै उडान द्वारा कतारको दोहा जान लागेका मोरङ घर भएका ३२ वर्षीय मानसिंह सरदार थारुलाई साथमा लैजान लागेको लागू औषध गाँजा १ के।जी। सहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध नियन्त्रण व्यूरोको टोलीले पक्राउ गरेको हो ।

सोही घटनाको छानवीनका क्रममा संलग्न सुनसरी घर बताउने ३३ वर्षीय हेम नारायण यादव, ४२ वर्षीय प्रेम निरौला र सोही स्थान बस्ने ३१ वर्षीय सविन खनाललाई प्रहरीले इटरहरीबाट पक्राउ गरेको हो ।

यस घटनाको थप अनुसन्धान भैरहेको व्युरोले जानकारी दिएको छ ।